बैतडी।
बैतडीको मेलौली नगरपालिका –२ सलेनाकी लक्ष्मी भट्टको दुई ओटै मृगौला खराब भएको ७ बर्ष पुरा भएको छ । अहिले सम्म उपचारमा ७०लाख रकम खर्च गरेपनी उपचार सम्भव भएको छैन् । उनी कैलाली स्थीत सेति प्रादेशीक अस्पतालमा ४बर्ष यता डायलासिस गराई रहेकी छन् ।
“हरेक हप्ता २ पटक डायलासिस गराउनुपर्छ” लक्ष्मीका छोरा धनीले भने,“हामीले रोग लागेको १७ बर्ष सम्म रोगबारे थाहा नै पाएनौँ, नेपाल र भारतका दर्जनौँ अस्पताल गयौँ, पहिला अरु रोगहरु पनि थिए, मृगौला खराब भएको ७बर्ष पुरा भएको छ । उपचारमा सबै जग्गाजमिन बिक्री गरिसक्यौँ ।”
भट्टको उपचारका लागि बैतडीका सामाजिक अभियन्ता महेश दत्त भट्टको अगुवाईमा रकम संकलन अभियान चलाइएको छ । उक्त अभियानबाट अहिले चार लाख बढी रकम संकलन भएको छ । अहिले सम्म ४लाख ४०हजार ६२ रकम जम्मा भएको छ ।
लक्ष्मीको उपचारमा सहयोग गर्न अभियन्ताहरुले सामाजिक सञ्जाल मार्फत आग्रह गरिरहेका छन् । पीडित भट्टको आर्थीक अवस्था निकै कमजोर रहेको छ । उनका पति साधारण कृषक भएपनि अहिले सबै जमिन बेचिएपछि मजदुरी गरेर जिविका धान्नुपर्ने अवस्था छ । दिनभर काम गरेर दैनिक छाक टार्न समेत मुस्कील भएको छ ।
प्रत्यारोपणका लागि उनका पतीको मृगौला नमिलेको चिकित्सकले बताएकाछन् । मृगौला पाइएमा प्रत्यारोपणका लागि कोसिस गर्ने र नभएमा पुनः डायलासिस गर्नुपर्ने पीडित लक्ष्मीका छोरा धनीले बताए । डायलासीस गरेको ४बर्ष सम्म बाँच्नु लामो अवधी भएकाले बिरामीलाई धेरै समय बचाउन नसकिने डाक्टरको सुझाव आएको उनले बताए ।
लक्ष्मीको उपचारमा सहयोगका लागि दैनिक अपील गरिरहेको अभियन्ता महेश भट्ट बताउछन् । आफुहरुको अभियानले मृगौला प्रत्यारोपण गर्न सम्म पहल थाल्ने उनले बताए । उनले अहिले सम्म २३ वटा अभियान सञ्चालन गरिसकेकाछन् । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई भट्टको अभियानले उपचारमा सहयोग हुदैँ आएको छ ।