बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकाले गत आर्थिक बर्ष २०७९०८०मा करिव १ दर्जन खेलकुलका कृयाकलाप गरेको छ ।
नगरपालिकाले तेज बहादुर ट्रस्ट द्वारा आयोजीत अन्तरपालिका स्तरीय भलिवल प्रतियोगीतामा दोश्रो स्थान प्राप्त ग¥यो । उक्त प्रतियोगीतामा मेलौली नगरपालिका प्रथम भएको थियो । प्रतियोगीताबाट ७५ हजार नदर पुरुस्कार जितेको दशरथचन्द नगरपालिकाले उक्त रकम खेलाडीहरुलाई नै वितरण गरेको नगर खेलकूद समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
१५ अगष्टमा भारतको झुलाघाटमा भएको इण्डो–नेपाल भलिवल प्रतियोगतिमा दशरथचन्द नगरपालिकाले तेश्रो स्थान प्राप्त ग¥यो । यसैगरी जिल्लामा भएको राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीतामा दनपाले १४ मेडलहरु प्राप्त गर्न सफल भयो । उक्त प्रतियोगीता पहिलो पटक नगरपालिकामा गरिएकोमा नगरपालिका भित्रका २३ विद्यालय मध्ये १८ सामुदायीक र १ आवासीय गरि १९ विद्यालय सहभागी भएका थिए । सहभागी विद्यालयहरुलाई खेल सामग्री खरिदका लागि २०हजारका दरले रकम वितरण गरिएको छ ।
नगरपालिकाले गत पुष १५को अवसरमा व्याडमेण्टन प्रतियोगीता आयोजना ग¥यो । उक्त प्रतियोगीतामा बैतडी, दार्चुला, डडेल्धुरा र झुलाघाट भारतका गरि २४ टिम सहभागी रहेकोमा दनपाकै टीमले विजय हासिल ग¥यो । उक्त प्रतियोगीता आनन्दसिंह थापा र कैलाश थापाले जितेका थिए । यस प्रतियोगीताकै अवसर पारी नगरपालिकाले व्याडम्याण्टीनका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पहिलो पटक नगर स्तरीय महिला क्रिकेट प्रतियोगीता गरेको छ । उक्त प्रतियोगीतामा खेलाडीहरुलाई खाजा खर्च वितरण गर्नुका साथै अन्तराष्ट्रिय प्रतियोगीस्तामा प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मान गरिएको थियो । दशरथचन्द नगरपालिकाले खेल शिक्षक नियुक्त गरी २दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ । खेल प्रशिक्षकलाई भलिवल, क्रिकेट, एथ्लेटिक्स र कबड्डी खेलका नियमहरु सिकाइएको छ ।
नगरपालिकाले तय गरेका ३ वटा प्रतियोगीता सम्पन्न गर्न सकेन् । पुरुष क्रिकेट प्रतियोगीता, महिला तथा पुरुष भलिवल प्रतियोगीता गर्न नसकेको हो । उक्त तीन प्रतियोगीताहरु चुनावका कारण समय अभावले गर्न नसकिएको खेलकुद विकास समिति अध्यक्ष चन्दले बताए । गत बर्ष रोकिएका प्रतियोगीता समेत चालु आर्थिक बर्षमा सम्पन्न गर्ने उनले बताए ।
यसैगरी दशरथचन्द नगरपालिका–२का खेलाडी दिपक बोहरा अन्तराष्ट्रिय यू-१९ क्रिकेटमा सहभागी भएकोमा नगरपालिकाले २५हजार नगद सहित सम्मान गरेको छ ।
खेल क्षेत्रलाई प्राथमिकतामा राखेको दशरथचन्द नगरपालिकाले गोठलापानी स्थीत खेल मैदान निर्माण सुरु गरेको छ । उक्त मैदान क्रमागत योजनाका रुपमा अगाडी बढेकोछ ।
दशरथचन्द नगरपालिका "स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल तथा नगरका लागि खेल" भन्ने नाराका लागि कृयाकलाप गरिरहेको नगर प्रमुख पुष्कर राज जोशी "लख्खाभाई"ले बताए ।