बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका- ३ तडिगाउँको भट्ट परिवारका ५ जना सदस्य बिरामी परेका हुन्।
बिरामी हुनेमा वर्ष ३५ का टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्।
सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।