बैतडी ।
स्थानियतहका प्रमुख र उप–प्रमुख वा अध्यक्ष र उपाध्यक्षले आ–आफ्ना स्वकीय सचिव राखेकाछन् । सबै पालिकामा स्वकीय सचिव छैनन् त्यसैले भएकाको मात्रै कुरा गरौँ उनिहरुको काम के छ ?
कतिपय पालिकामा कुनै शाखाको जिम्मेवारी दिएर राखिएको छ भने, केहिमा सचिवालय स्थापना गरि त्यहाँ स्वकीय राखिएकाछन् । तर कतिपयमा उद्घाटन वा अगुगमनमा गएर फोटो खिच्नका लागि स्वकिय राखेको पाइन्छ । स्वकीय सचिवले काम गर्ने न कुनै साखा छ, न कुनै जिम्मेवारी ।
स्वकीयले काम प्रति अनविज्ञ सेवाग्राहीको निवेदन लेखिदिए वा लेख्न सिकाइदिए, कामहुने शाखा देखाइदिए, कर्मचारी भेटाइदिए, यदि पालिका बाहेक अरु कार्यालयबाट काम हुने भए त्यसको जानकारी गराइदिए बुढापाका सेवाग्राही आउदाँ सद्भावले बोलिदिए, सेवाग्राहीको भावना बुझेर आफ्नो नेतृत्वलाई सुनाइदिए उनिहरुले काम गरेको जस्तो देखिन्थ्यो ।
नत्र यताको कुरा उता लगाउने, उताको कुरा झन् बिगारेर यता लगाउने काममात्रै गर्ने हो भने यसको सहि प्रभाव पर्न सक्दैन् ।
कोहि कोहि त कमिशन उठाउनका लागि स्वकीय सचिव बनेको सुनिन्छ त्यो प्रमाणीत नहुदाँ सम्म हो ढिलोचाडो फन्दामा परिन्छ ।
स्वकीय सचिवले पालिकामा के भुमिका खेल्नु ठिक होला ? केहि बुद्धिजिवी भन्छन्, “सेवाग्राहिको काममा सहजीकरण, सद्भाव कायम, विवाद समाधान, फोन उठाइदिने, उचित सुझाव र प्रतिकृया दिने, हो वा होइन को उत्तर दिने गर्नुपर्ने हो । स्वकीय सचिवले सेवाग्राहीलाई कम्तीमा नमस्कार गर्न सक्नुपर्छ । तर उनिहरु मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्ष भन्दा आफुलाई ठुलो सम्झन्छन्, कसैलाई नमस्कार गर्दैनन् । बुढो मान्छेले उनिहरुलाई नमस्कार गर्नुपर्छ ।”
एक विज्ञले नमस्कारको अर्थ यस्तो भएको बताए । न– नम्र भएर बोल्ने, म– मनका कुरा खोल्ने, स् – सबै एकै हुन भन्ने, का– कारण भेद पत्ता लगाउने, र–रत्तिभर नडराउने नबिराउने ।
स्थानियतहका स्वकिय सचिवको मात्रै नभई सांसद र मन्त्रीका स्वकियको व्यवहार प्रति पनि नागरिक सन्तुष्ट देखिदैनन् । उनिहरुले सेवाग्राहिमैत्री भएर आफ्ना नेताको प्रतिष्ठा र प्रभावकारिता बढाउनु भन्दा गलत सल्लाह दिई प्रतिष्ठा घटाउन भुमिका खेलेको गुनासो उनकै कार्यकर्ता र मतदाता सुनाउछन् । राजनितिक ज्ञान, इमान्दारीता, अध्ययनमा दखलता र राजनितिक भविष्य सोचेर काम गरिरहेका केहि स्वकियहरु बाहेक निकटताका आधारमा राखिएका स्वकियको व्यवहार सन्तोशजनक छैन् ।
स्वकिय राख्ने नेतृत्वले उनको जिम्मेवारी र व्यवहार बारे प्रशिक्षीत गर्नु जरुरी छ ।