बैतडी।
बैतडीको दशरथचन्द नगरपालिका ११ नागार्जुनकी २१ वर्षीय रिना लोहार सहित ५ भाइबैनीले बुवा आमाको गुमाएको १५बर्ष पुग्यो । उतिबेला ६ वर्षकी रिनालाई बुवाआमाको अनुहार समेत राम्रोसंग याद छैन् ।
टुहुरा यी ५ बालबालिका आफ्ना बाआमाको काखमा खेल्नुपर्ने बेला देखीनै मजदुरी गर्न थाले । रिनाकी जेठी दिदी ममताले १० बर्ष पुगेदेखी भारी बोकेर भाइबैनी पाल्ने र पढाउने काम सुरु गरिन् । अहिले उनको बिहे भैसक्यो, २बैनी बिएड दोश्रो बर्षमा प्राइभेट अध्ययन गर्छन् भने, भाई नेपाल प्रहरीमा भरखरै जागिर लागेका छन् ।
अहिले यस घरको पुरै जिम्मेवारी २१ वर्षीय रिनाको काधँमा छ ।
उनले बोर्डिङ स्कूलमा मासिक २हजार ५ सय तलवमा जागीर गर्छिन् भने बाँकी समयमा मजदुरी गरेर परिवार धानेकी छन् ।
दिदीको बिहेपछि पनि ४ भाइबैनीले गाउँमा जसको जे काम पायो त्यही गर्दै बसे ।
रिना भन्छीन्, ‘कसैको घरमा दाउरा बोक्न, रोपाई गर्न, मकै गोड्ने, खेतीपातिमा सघाउने देखी अह्राएका सबै काम गछौँ, हामीले भारी बोक्न र सडकमा गिट्टी कुट्न पनि कहिल्यै छाडेनौँ । घरमा गाई, गोरु, बाख्रा र कुखुरा पालेका छौँ । यसबाट केहि रकम आर्जन हुन्छ ।’
घरमै गोरु पालेकोमा रिनाका भाई १२बर्षको पुग्दा देखी गोरु जोत्न थालिसकेका थिए । उनले दैनिक ज्यालादारीमा गाउँका किसानहरुका खेत जोत्ने काम गरे ।
रिनाका भाई आइएड पास गरेर प्रहरीमा भर्ना भएका हुन् । रिना र उनकी बैनी बिएडमा भर्ना भएपनि क्याम्पसको शुल्क तिर्न बाँकी नै छ ।
उनि आफुहरुलाई कुनैपनि सरकारी निकायबाट सहयोग प्राप्त नभएको बताउछीन् । ‘अहिले नगर शिक्षक समेत राख्ने गरिएकोमा आफुलाई राखिदिए हुन्थ्यो’ उनि भन्छीन् ।
सम्पतीका नाममा घर समेत नभएका यी भाईबैनीको घर जनता आवास कार्यक्रम बाट बनेको हो । रिना र उनकी बैनीलाई उच्च शिक्षा हाशिल गर्ने रहर छ । कतैबाट सहयोग नभएपनि मजदुरी गरेरै पढाई पुरा गर्ने धोको छ ।
एकपटक उनिहरुलाई काठ्माण्डौँ स्थीत एक संस्थाले पालन पोषण गर्न र पढाउन भनी लगेको थियो । तर उक्त संस्थाले कानुनी आधार सहितको कागज नदिएपछि उनिहरु घर फर्के र पुरानै मजदुरी काममा लागे ।
उनिहरुका ठुलाबुवाका २ बिवाह भएकाले आर्थिक सहयोग गर्न सकेका छैनन् । त्यै पनि ठुलाबाले यी बालबालिकाको साथ कहिल्यै छाडेनन् ।