बैतडी: बैतडीको पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरीका प्रधानाध्यापक धनीदत्त पन्तको भव्य बिदाई गरिएको छ । विगत ३० वर्षदेखि विद्यालयको प्रद्यानाध्यापकको जिम्मेवारीमा रहेर विद्यालयलाई पु¥याउनु भएको योगदानको कदर गर्दै एक औपचारिक कार्यक्रमकाबीच सेवा निर्वित्त हुनुभएका पन्तको भव्य बिदाई गरिएको हो ।
लामो समयदेखि विद्यालयको शैक्षिक, भौतिक, आर्थिक लगायत सर्वाङ्गीण विकासमा अमुल्य योगदान पु¥याउनु भएका शिक्षक पन्तको भव्य कार्यक्रमकाबीच बिदाई गरिएको विद्यालयका शिक्षक दिलिप कठायतले जानकारी दिए ।
विव्यस अध्यक्ष प्रेम सिंह भाटको सभाध्यक्षामा भएको विदाई कार्यक्रममा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा प्रमुख अतिथि रहनु भएको थियो । साथै शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला प्रतिनिधिहरुले शिक्षक पन्तलाई फूलमाला, दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए । प्रअ पन्तको सपरिवारलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयको तर्फबाट शिक्षक पन्तकी धर्मपत्नी देवकी पन्त लगायत उनको सपरिवारलाई निमन्त्रणा गरि प्रमाणपत्र तथ दोसल्ला ओडाएर सम्मान गरिएको विव्यस अध्यक्ष भाटले बताए । औपारिक कार्यक्रम पश्चात बाजागाजाका साथ उनको घरसम्म नै पु¥याइएको थियो ।
मावि प्रथम श्रेणीका शिक्षक पन्त २०५० सालदेखि उक्त विद्यालयमा निरन्तर शिक्षण पेशामा आबद्ध थिए । २०४३ सालदेखि नै शिक्षण पेशा अँगालेका पन्तले उक्त समयमा पनि सिगास माविका केहि समय शिक्षण पेशामा योगदान पु¥याएका थिए । त्यसपछि स्थायी नियुक्ति पछि अर्जुन मावि गाजरीमा पनि अध्यापन गराए । त्यसपछि २०५० सालदेखि निरन्तर गौरीशंकर पोखरीमा निरन्तर सेवा गरे ।
अनिवार्य अवकाश पाएका पन्तले विद्यालयलाई पु¥याएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा उपस्थित, शिक्षक, अभिभावक, जनप्रतिनिधिहरुले शिक्षक पन्तले विद्यालयलाई यहाँसम्म पु¥याउन गरेको योगदानको चर्चा गरेका थिए ।