बैतडी
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका मनोज भट्ट युवा उमेरमा पुगेपनि बच्चा जत्रै छन् ।
१८ बर्षका मनोजको शारीरिक विकास हुन नसक्दा ९ बर्षको बच्चा जस्तै देखिन्छन् । उनको शरीरको उचाई ३ फिट २ इन्छ छ भने, तौल ३० के.जी.मात्रै छ । मनोजको शारीरिक बनोट जस्तै आवाज पनि बच्चाको जस्तै सुनिन्छ । उनलाई भेट्ने सबैले बच्चा जस्तै मानेर मायाँ दर्शाउछन् । तर व्यवहारमा भने उनि परिपक्क भैसकेका छन् ।
उनले कक्षा १२ को पढाई पुरा गरिसकेकाछन् । मनोज पढाईमा समेत मेहेनती भएकाले प्रथम श्रेणीकै अंक ल्याएर पास हुने गर्छन् । उनि २घण्टाको बाटो दैनिक हिडेर विद्यालय आउने÷जाने गर्दछन् ।
शारीरिक विकास हुन नसकेको मनोज बिरामी भने छैनन् । बिहे गर्ने उमेर पुग्न लागेका उनको शरीरको विकास नहुँदा बुवा आमालाई चिन्ता भएको छ ।
‘मेरा अन्य ३ छोराछोरीको शारीरिक विकास राम्रैसंग भएको छ, तर मनोजको मात्रै यस्तो भयो ।’ बुवा कृष्ण देव भट्टले भने, । अहिले उनलाई “ग” वर्गको अपाङ्गता परिचयपत्र दिएइको छ ।’
कृष्ण आफ्नो छोरालाई लगेर जिल्ला प्रशासन कार्यालय बैतडी पुगेका थिए । उनको बैतडीमै उपचार सम्भव भए निशुल्क उपचारका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
कम लगानीमै उपचार सम्भव नभए सरकारी निकाय वा संघ संस्थाले सहयोग गर्नुपर्ने कृष्णको अपेक्षा छ । उनि आफु जीप व्यवसायबाट जिवनयापन गर्दै आएकाछन् ।
केहि व्यक्तिमा पौष्टीक तत्वको अभावका कारण यस्तो समस्या देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए । उनले भने,‘बच्चा आमाको गर्भमै छदाँ र २बर्ष पुग्दासम्म आमा र बच्चालाई पोषण अभाव भएको हुनसक्छ । यसका बिषयमा परिवारले चिन्ता गर्नुभन्दा पनि खानपान सुधार गरेमा केहि समस्या आउदैन् । उचाई धेरै नबढेपनि स्वास्थ्य अवस्था सुधार हुनसक्छ । नियमीत स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुप¥यो र यस्ता व्यक्तिहरुलाई स्थानिय सरकार वा दातृ निकायबाट सहयोग हुनुपर्छ ।’