हरिष बिष्ट/ललितपुर ।
ललितपूर जिल्ला स्थीत बि एण्ड बि अस्पताल उपचारमा निकै नै भरपर्दो तर महंगो अस्पतालका रुपमा चिनिन्छ । उक्त अस्पतालमा बिरामीहरुलाई हड्डीको जस्तो सुकै समस्या भएपनि निको गर्ने ग्यारेन्टी दिइन्छ । यति सम्म की “हड्डीहरु टुक्रा–टुक्रा भएपनी लिएर आउ, जस्ताको तस्तै ठिक गरेर लैजाउ” तर पैषा भने बोरामै लिएर आउ भन्छन् भन्ने सुनिन्छ ।
सवारी दुर्घटनामा गम्भीर घाइते भएका बैतडीको पाटन नगरपालिका–८का वडाअध्यक्ष हरिष बिष्ट यसै अस्पतालमा भर्ना भएका छन् । उनको उपचार अनुभव र आफ्नो नियमीत जिम्मेवारीका का कुराहरु यसरी सार्वजनिक गरेकाछन् ।
“२९ जेठमा कार्यालयको कामको सिलसिलामा पाटन गएको थिएँ । कामकाज सम्पन्न गरि सवा ४बजे वडा कार्यालय कै मोटरसाइकलमा म र वडा नम्बर ९ का सचिव रामदत्त जोशी फिर्ता भयौँ ।
हामी जादैँगर्दा झिमझिम पानि परिरहेका थियो । हिरापुर पुग्दा पानी बढ्न थाल्यो । सचिव जीलाई यतै रोकौँ भन्दा अलिकती माथि टि–टाईम होटेलमा चिया खाउँला भन्नु भो ।
म पनि दिनभरि गोष्ठी र कार्यालयको काममा व्यस्त भयकाले खाना खान पाएको थिएन, टि टाइममै खाने बिचार ग¥यौँ ।
साझँ पौने ५को समय होला झरीले गर्दा बाईक स्पीड गुडाउन गाह्रो थियो । बिस्तारै गयौँ हामी होटल नजिक पुग्नै लाग्दा बिपरित दिसाबाट रातो पलेटको बोलेरो जिप मेरै साइडमा आयो ।
सचिव जि आत्तिनुभयो, बाईक कच्चितर्फ हाल्न खोज्दा अगाडिको चक्का कच्चिमा पुगिसकेको थियो तर तिव्रगतिको जिपले बाईको लेकगार्डमै हान्दा बाईक पल्टियो र हामि दुईजना सडकको १० मिटर तल भिरमा लड्यौँ ।
मलाई गम्भीर चोट लाग्दा होसमै भएपनी उठ्न सकेन् । सचिव जी ले धेरैजनालाई फोन गर्नुभयो । पाटनबाटै गएको बाईक सवार भाई भरत चन्द र त्यँहाका सबै स्थानियबासी आए ।
मेरो गाउँले भाई (बेगि) को गाडि पनि पुग्छ यात्रुहरु उतारेर हामि दुई जनालाई उद्दार गरि जिपमा राखियो । उतिबेला सरीरभरी चोट भएकाले दुखाईको सिमा थिएन् ।
जीपले गति बढाउदाँ दुखाई बढी रहेकाले पटक–पटक बिस्तारै हिड्न भाईलाई अनुरोध गरे । जब खोड्पे पुगियो तब आफन्तजन र बजार बासीहरु मेरो प्रखाईमा थिए । मलाई छिटो हस्पिटल पुगाउनका लागि स्कारपिओ गाडि स्टेनबाई राखेको रहेछ ।
मलाई मान्छेको भीडले गाडिबाट स्कारपिमा राखे तर म सरीर दुखाईको पीडा सहन सकिरहेको थिएन् । मलाई पुरानै गाडीमा लगे हुन्थ्यो लागि रहेको थियो । पीडा भएपनि स्कारपिओमै लगियो । बाटोमा गाडी बिस्तारै हाक्न आग्रह गरिरहेँ ।
उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुगे र मेरो असह्य पीडा सहित ईमरजेन्सी मा लगियो । अस्पतालले उपचार अगाडि बढायो, ऐक्सरे पनि गर्यो घाउमा टाका लगायो, अस्पतालमा कार्यरत बहिनि दिक्षा भट्ट, डाक्टर रबिन खड्कालाई बोलाउदाँ मेरो उपचारमा ठुलो सहयोग पुग्यो ।
तर खुट्टाको नलि हाडमा ठुलो घाउ र घुँडामा पनि ठुलै घाउ थियो माथि हिप मा रहेको हड्डि को जोर्नि(घिर्नी) निक्लेको रहेछ र क्रेक पनि भएको रहेछ । डाक्टरले सम्बेदनशील स्थानको जोर्नि भयको कारण जेपनी हुनसक्छ समयमै नेपालगञ्ज वा काठमाडौं लैजान रिफरको लागि भन्दा मेरो आफन्तले काठमाडौं नै लैजाने भनेपछि सुरक्षित र छिटो लैजान भनेर रिफर गरिदियो ।
अस्पतालमा मलाई सानत्वना दिने आफन्त, ईष्टमित्र र साथिहरुको घुईचो थियो । अस्पतालकै एम्बुलेन्समा राखियो । मेरो पीडा देखेर आफ्न्ताका आखा रसाइरहेका थिए ।
काठमाडौं लैजाने गरि करिब १२ बजेको समयमा डडेल्धुरा बाट हिड्यौँ । दुखाई कमगर्ने सुई र औषधी प्रयोग गरेपनी काम गरिरहेका थिएन् ।
बिहान ८ बजे खानिडाँडा निङ्लाडीमा गाडि रौक्यौँ, दुखाई बढ्दै गरेको हुनाले एम्बुलेन्समै काठ्मान्डौ पुग्न गाह्रो थियो ।
धनगढी एयरपोर्टमा प्लेन टिकटको लागि बुझ्दा मलाई बुद्ध एयर बाहेकमा लैजान सक्ने अवस्था थिएन् ।
सरोकारवालाहरु संग हेलिकप्टरको कुरा गर्ने भन्ने सल्लाह भयो र मेरा आफन्तहरुले सुदुरपश्चिमका जिम्मेवार नेताहरुलाई फोन गरिरहेका थिए र प्रकृया अगाडी बढ्यो, बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी सरलाई फोन गर्दा बुझेर खवर गर्छु भन्नुभयो, १ घन्टा भयो तर केहि खबर आएन ।
म्यासेज, फोन साथीहरुले पनि गरिरहेका रहेछन् । माथि बुझ्छु भन्ने कुरो गर्नुभयो । मेरो स्थानिय सरकार थियो, प्रदेश सरकार थियो, केन्द्रीय सरकार थियो व्यवस्था मिलाउछन् कि ? भनेर मनमनै सोचिरहेको थिएँ ।
म जनताकै सेवा का लागि गएको जनप्रतिनिधि सरकारकै मातहतको वडा अध्यक्ष भएकाले सहयोग पाउला कि ? भनेर सोच्न अनर्थ थिएन् ।
तर सिडियोको कुरा सुन्दा सामान्य केस भएकाले माथिबाट मानिराखेको छैन भन्ने जवाफ आयो ।
पछि मैले प्रदेस सरकारको माननिय मन्त्री ज्यु रमेश धामिलाई फोन गरे हामी प्रकृयामै भन्ने जवाफ आउछ ।
केहि पहल हुन्छ की भन्दा १ घन्टा पछी फेरी सिडियोले मानिराखेका छैनन् भन्ने जवाफ आउछ ।
पछी मेरो पार्टिको सु.प.प्रदेश ईन्चार्ज प्रदेश सांसद खगराज भट्ट र बैतडीबाट निार्वचीत संघीय सांसद दामोदर भन्डारी ज्युलाई फोन गरे ।
तर माननिय भण्डारी ज्यु ले काठमाडौँ मै भेट्ने कुरा गरिसके पछि मैले थप अनुरोध गर्न सकेन् । मलाई एकदमै गारो छ सकिन्छ भने छिटो व्यवस्था मिलाई दिनु पर्यो भन्दा माननीय खगराज भट्टले हामी प्रयासमा छौँ ह्लिकप्टर आउछँ भन्दा मन शान्त भयो ।
धनगढी, महेन्द्रनगर र अत्तरीया बस्ने मेरा आफन्तहरु मलाई भेट्दा रोइरहेका थिए । म पीडा सहन सकिरहेको थिएन् । त्यहि बेला सुदुरपश्चिमका जिम्मेवार नेताहरु पुग्दा दुःखमा खसेको आँसु हर्षमा परिणत भयो । सु.प.ईन्चार्ज ज्यूले धनगढी ईयरपोट मा फोन गरि बिरामिको लागि ऐसि कोठा छ कि भनेर सोधे र हेलिकप्टर पनि ईयरपोटमै आउने जानकारि गराउनुभयो ।
गृहमन्त्रालयबाट पनि फोन आयो मलाई तपाईहरु कतिजना हुनहुन्छ भनेर सोध्दा कनफर्म भएजस्तो लाग्यो र हामि ईयरपोट तर्फ लाग्यौँ ईयरपोर्टमा पनि गाडिबाट निकाल्न मलाई गारो हुने, बाहिर अलि हावा पनि चलेको र २÷३ घन्टाको कुरा त हो भनेर रुखको छहारि मुनि ऐम्बुलेन्स राखि बस्ने निधो गरे ।
मेरा आफन्तहरु पनि ईयरपोटमै टन्टलापुर घाममा बस्न बाध्य थिए । समयले नेटो काटिसकेको थियो । हेर्दा हेर्दै ४ बजिसक्यो के भैराछ भनि बुझ्दा बैतडीका सिडियोको पत्र ढिला पुग्यो रे प्रकृया लामो भएको कारण काठमाडौंमा भएको हेलिकप्टर सुत्केरी महिला ल्याउन कालिकोट गएको भयर सेनाको सुर्खेतमा रहेको हेलिकप्टर आउने जानकारि आयो ।
तर मेरो आफन्तहरुले ७ः२५ को बुद्धईयर को जहाजमा सिट रोकाउने कुरो गरेको थियो ५ः३० भयो सेनाको हेलिकोप्टर हावाहुरीको कारण उडान गर्न सकेन भन्ने खवर आयो ।
पछि मेरो आफन्तहरुले ६ सिट १२ जना १ बिरामि लाई मात्रै बस्न मिल्ने गरि र ४ जना आफन्त ४ सिट बुक गरि जाने निर्णय गरे, टिकट काटियो । समयमै प्लेन आयो र ऐरपोर्टमै यम्बुलेन्स लैजाने अनुमती पायपछी एयरपोर्टका कर्मचारीहरु र मेरा आफन्तहरुले जहाजमा हाल्दै गर्दाको पीडा सहेर रातीं ८ः४५मा काठमान्डौ एयरपोर्टमा झर्यो ।
सुभचिन्तकहरु बि एण्ड बि हस्पिटलको एम्बुलेन्स सहित ईयरपोर्टमै तयारि अवस्थामा राखेको रहेछ । मलाई प्लेनबाट एम्बुलेन्समा राखि हस्पिटल पुगायो र चेकजाँच सुरु भयो मेरो दुखाई बिस्तारै कम हुँदै गयो ।
मलाई ईमरजेन्सी वाडमा राखि दाँया खुट्टाको हिपबाट निस्केको जोर्निको हड्डि बिस्तारै मिलाईयो । तर दुखाई घटेको महसुस भयो । मलाई अर्को ईमरजेन्सी कोठामा राखि औषधी सुरु गर्दै सबै चेकजाँच गरि बिहिबार अपरेसन गर्ने भन्ने जानकारी आयो । सबै उपचार गर्दैगर्दा अक्सिजनको कमीले बिहिवार हुने अपरेसन रोकियो ।
स्वास्थ्यले साथ दियो भने आईतबार बिहान ९ बजे डाक्टर बिबेक बास्कोटा, डाक्टर ईश्वर प्रधान, डाक्टर राजेन्द अर्याल, डाक्टर बिरेन्द्र चन्द, डाक्टर दिपेन्द्र कार्कि, डाक्टर फिलिप स्याम रन्जितको टिमले अपरेसन गर्ने कुरा जानकारि गराउन चाहान्छु ।
मलाई फोन, म्यासेज, फेसबुकमा स्वास्थ्य लाभको कामना गर्ने र प्रत्यक्ष भेटगरि सान्तोना दिने सम्पुर्ण महानुभावहरुलाई हिर्दयको गहिराई बाट धन्यवाद दिन चाहन्छु ।
मलाई दुःख परेको बेला आर्थिक, भौतिक, नैतिक बिभिन्न सहयोग गर्नुहुर्ने महानुभावहरुको ऋण तिर्न नसकेपनि सधैँ मन मस्तिष्कमा राखिराख्ने छु ।
काममा सहजहोस र जन्ता ले दुख नपाउन भनेर मैले पाटन नगरपालिका वडा नम्बर ८ को वडा कार्यवाहक अध्यक्षको जिम्मेवारी जेष्ठ सदस्य जगदिश सिह बिष्ट लाई दिएको छु ।
ज्ञानेश्वर मा.बि.बिजयपुरको कार्यबाहक अध्यक्षको जिम्मेवारि जेष्ट सदस्य भानदेब बिष्ट लाई लिखित पत्रै दिई कामकाज गर्न सुझाव दिईसकेको छु । वडाबासिमा यो असार मसान्तमा परेको असहजता प्रति धेरै चिन्ताले पोलेको छ । तर पनि असहजता नहोस भनेर फोनमा सहजिकरण गरिरहेकोछु
मेरो अभावमा केहि समस्या परे ९८४८८३६४४० फोन गर्न अनुरोध गर्दछु । मलाई सञ्चो लाग्ने बितिक्कै म वडा कार्यालयमा उपस्थित भई हजुरहरुले दिएको जिम्मेवारी बहन गर्नेछु ।
पाटन नगर कार्यपालिकाले दिएको सामाजिक बिकास समिति संयोजकको जिम्मेवारी र २०८०÷०८१ को निति तथा कार्यक्रम तथा बजेट माथि छलफल गरि शिक्षा, स्वास्थ्य युवा, महिला तथा बालबालिका, खानेपानिको बिषयमा बिषयगत समितिमा व्यापक छलफल गर्न र निर्माण गरि सुझावहरु दिनकालागि जिम्मेवारि पनि स्वास्थ्य साखा प्रमुख मदन सिह महरा सर लाई दिऐको छु ।
यस आर्थिक वर्षमा शिक्षाको बजेट कार्यान्वयन भईसकेको छ भने केही काम बाँकी भएको कारण नगरपालिकाले समयमै सम्पन्न गर्ने छ भन्ने बिस्वास पनि लियको छु ।
नगरपालिका भरीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुको बैठक राख्नको लागि केहि बजेट कार्यक्रममा राखेको हुदाँ ३१ गतेदेखि गोष्ठि तथा अन्तरकृया राख्ने कुरा २९ गते शाखा लाई सुझाव दिई आएको भएपनी दुर्घटनामा परि घाईते भएका कारण उक्त गोष्ठि तथा छलफल तालिममा उपस्थित हुन नसक्दा प्रधानाध्यापक सरहरुसंग र व्यवस्थापन समितिका अध्यक्ष ज्युहरुको गोष्ठी तथा तालिम छलफलमा भाग लिन नपाउँदा दुख लागेको छ ।
पक्कै पनि हजुरहरुले सुझाव संल्लाह दिईसक्नु भएको होला । आगामी बजेटमा शिक्षामा आमुल परिवर्तन गर्न बढि भन्दा बढि बजेट छुट्याइने छ र निति पनि प्रष्ट जनता लाई फाईदा पुग्ने स्तर को आउने छ । न कि कुनै व्यक्तिको फाइदाको लागि बजेट नआओस भन्ने सुझाव दिन चाहान्छु ।
केहि विद्यालयका टुहुरा बालबालिका अपाङ्ग जनजाति गरिब बिद्यार्थीका लागि झोला तथा स्टेशनरी, कापि कलम दिनको लागि बजेट बिनियोजन गरेका थियौँ । त्यो पनि लक्षीत बर्गमा पुग्ने गरि कार्य अगाडि बढाई दिन र प्र.अ.लाई सम्मानित गर्ने केहि बजेट भएपनि प्रस्तावना र विद्यालयहरुले काम गरेको आधारमा र नगर कार्यपालिकाले निर्माण गरिसकेको मापदन्डको आधारमा छनौट गरि काम गरेका शिक्षक हरुलाई सम्मान तथा पुरस्कृत गर्नको लागि प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा सरलाई र शिक्षा शाखा लाई छनौट गर्न अनुरोध गर्दछु । मैले पनि अनुगमनको आधारमा सुझाव दिनेनैछु ।
र प्रमुख प्रसासकिय अधिकृत ज्यु र प्राबिधिक टिमलाई सहजरुपमा वडाका योजना फरफारक गर्न कुनै दुख नदिई समयमै मुक्तानि दिन को लागि अनुरोध गर्दछु । अन्तमा केहि नगर सरकार र प्रदेश सरकार लाई सुझाव दिने मन लागेको हुँदा गरिव आर्थिक अवस्था कमजोर भयका दुखमा परेका ठुला समस्याहरु परेका ठुलो दुर्घटना मा परेका उपचार गर्न नसक्ने ब्यक्ति हरुको सहज उपचार गर्न सुदुरपश्चिम विश्वविद्यालय छिटो संचालन गर्न र सुदुरपश्चिम को पहाडी जिल्लामा सेन्टरमा पर्ने ठाउँको खोजि गरि हेलिपेट निर्माण गरि हेलिकप्टर नै २४ घन्टा स्टेन्डबाई राख्नेगरि केन्द्रीय सरकारलाई हरेक जिल्लाबाट निर्णय गरि प्रदेश सरकार मार्फत संघ सरकारलाई माग गरि छिटोभन्दा छिटो उक्तमाग संम्बोधन गराउन पहल चालिदिन हार्दिक अनुरोध गर्दछु ।
म एक जनप्रतिनिधिको समस्यामा त न नगर सरकारको ध्यान पुग्यो, न प्रदेस सरकारको । तर जनता कति पीडामा रहेछन् भन्ने बोध म पिडीतलाई हुनु स्वाभावीक हो । तर जनता प्रदेश सरकारबाट किन घृर्णित भएका रहेछन् भन्ने महसुस मलाई पनि भएको छ ।
जनप्रतिनिधि र नेतागण हरुले बेलैमा ध्यान पुर्याउनु सकेन भने संघियता रहन सक्ला भन्नसकिदैन । नेता हँु जनप्रतिनिधि हुँ भन्नपनि लाज लाग्ने छ ।
सरकारको नजरमा पीडित जनता नपर्नु पीडित जनताको हालत के होला ? आसेपासे, नातागोता, पहुँच भएका हरुको मात्रै यो देश रहेछ भन्ने महसुस भएको छ ।
संघ सरकारलाई मेरो बिनम्र अनुरोध छ की यस प्रथाको अन्त्य गर्नको लागि जस्तो सुकै मुल्य चुकाउनु पर्ने भएपनि कार्यान्वयनको चरणमा अगाडि बढाउन हृर्दयको गहिराईबाट अनुरोध गर्दछु ।”