बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशिला चन्दको सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण आलोचना भैरहेको छ ।
उनि जनप्रतिनिधी भएर पनि जातीय विभेदको पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो । कतिपय व्यक्तिले उप–प्रमुख चन्द “राजा,महाराजा”को शैलीमा प्रस्तुत भएको भन्दै गालिग्लौज समेत गरेका छन् ।
यस्तो छ घटना– २१ जेठमा जातीय भेदभाव तथा छुवाछुत अन्त्य घोषणा राष्ट्रिय दिवस मनाइयो । दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरियो ।
अन्तरक्रियामा दलित जनप्रतिनिधिले आफुहरुलाई कार्यपालिकाकै बैठकमै जातीय विभेद हुने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी समेत रहेकी दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दले आफ्नो मन्तव्यका क्रममा आफ्नो जातीका विरुद्धमा दिवस आयोजना गरिएको जस्तै महशुस गर्दै अभिव्यक्ति दिइन् ।
उनले भनिन्,‘यो कार्यक्रम ठकुरीलाई इंकित गरेर भएको छ । ठकुरी भनेको डिएसपी प्रेम शाही जी र म मात्रै छौँ, सुनाउनुथियो भने अरु ठकुरीहरुलाई पनि बोलाउनुपथ्र्यो । हो म इच्छा नलागेको ठाउँमा खाना खादैँन्, पानी घरबाटै तताएर ल्याउछुँ, रोटी ल्याउँछु, आफ्नै कार्यकक्षमा खान्छु । महिलाहरु नछुने भएका बेला खाना पकाएर खुवाउन सक्नुहुन्छ ? दलितलाई दाई, भाई भन्यो भन्दैमा बिभेद मान्ने ? भन्दै प्रश्न गरिन् ।’
जातीय विभेद र छाउपडी प्रथालाई समेत प्रश्रय दिने खालको अभिव्यक्ति दिइरहेकी उपमेयर चन्द पटक–पटक “परिर्वतन आफैबाट सुरु गर्नुपर्छ” भनिरहेकी थिइन् ।
उनको अभिव्यक्ति पछि द.न.पा.कै कार्यपालिका सदस्य प्रेम दयाल कार्यपालिकाको बैठकमा पनी तातोपानीको व्यवस्था छ भन्दै कड्कीएका थिए ।
अधिकारकर्मी बलभद्र दयालले १५बर्षको गैर दलितले ८०बर्षको बृद्ध दलितलाई “तँ” अथवा “ए दाई” भनेर बोल्नु विभेद भएको बताएका थिए । होटेलहरुमा खाना, चिया खाने व्यक्ति दलित सहभागी भएको बैठकमा ग्यास्टीकको बाहाना बनाउने र विगतमा जातीय विभेद विरुद्धकै कार्यक्रममा केहि व्यक्तिले विभेदलाई प्रश्रय हुने कुरा बोल्दा कार्यक्रमबाट निकालेको सुनाएका थिए ।
उपमेयर चन्दको भाषण सुनिरहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी प्रमुख प्रेम बहादुर शाही लगायतका व्यक्ति हाँस्दै थिए ।
उक्त दिवसको भोलीपल्टै भएको कार्यपालिका बैठकमा समेत दलित सदस्यहरुले आफुहरु माथी बिभेद भएको बताएकाछन् ।
दिवसका अवसरमा प्रहरी निरिक्षक योगेश खत्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धका नारा जुलुश सहित प्रहरीले ¥याली निकालेको थियो ।
कार्यक्रमकी विशिष्ट अतिथी रहेकी उपमेयरले राष्ट्रिय दिवसमै दिएको यस्तो अपरिपक्क अभिव्यक्तिले उनको क्षमता माथी प्रश्न चिह्न खडा गरेको छ ।
यसै बिषयमा बिहिबार बैतडी स्थीत अधिकारकर्मी र दलित संघ÷संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेस गरेका छन् ।
न्यायीक समिति संयोजक समेत रहेकी उपमेयरले संविधानको विपरीत अभिव्यक्ति दिएको प्रति विज्ञप्तीमा आपत्ती जनाइएको छ ।