बैतडीको पाटन नगरपालिका–८ मा टोल विकास संस्था गठन गरिएको छ । वडाभित्रका ११ वटा टालेमा टोल विकास संस्था गठन गरेको हो ।
सिगास कैलपाल टोल विकास संस्थाका अध्यक्षमा सुने बिष्ट, बाशुलिङ भौनेली टोल विकास संस्थाका अध्यक्षमा देवदत्त भट्ट, रामेश्वर टोल विकास संस्थाका अध्यक्षमा गणेश बिष्ट, श्रीजनशील टोल विकास संस्थाका अध्यक्ष प्रजापती महरा, जनता टोल विकास संस्थाका अध्यक्षमा डम्बर सिंह बिष्ट, सिद्ध सिगास टोल विकास संस्थाका अध्यक्ष लोकेन्द्र सिंह बिष्ट, तिमले टोल विकास संस्थाको अध्यक्षमा कैलाश सिंह ऐरी, हरियाली टोल विकास संस्थाको अध्यक्षमा गोपाल सिंह बिष्ट चयन भएका छन् ।
त्यसैगरी खोडपे, खोला खोडपे र रुवशेधार टोल विकास संस्थाको अध्यक्ष राम सिंह बिष्ट, बाराघर टोल विकास संस्थाको अध्यक्ष लोकेन्द्र सिंह मडै, राजपुर टोल विकास संस्थाको अध्यक्षमा जय सिंह महरा चयन भएका वडा सचिव शरद प्रशाद भट्टले जानकारी दिए ।
सबै टोलहरुमा सहमतीको आधारमा टोल विकास संस्था गठन गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए । टोल विकास संस्थासँग बेलाबेला छलफल र अन्तरक्रिया गरी सबै टोल र वडाको विकासका लागि सहकार्य हुने वडा अध्यक्ष बिष्टले बताए ।
हालै नगरपालिकाले टोल विकास संस्था गठनको लागि कार्यबिधि पारीत गरेको थियो । सोही कार्यबिधिको आधारमा टोल विकास संस्था गठन गरिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी वडामा टोलबाट योजनाहरु पनि संकलन गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । माग र आवस्यकताका आधारमा योजना छनौट गरि नगर सभामा पेश गरिने अध्यक्ष बिष्टले जानकारी दिए ।
यसैगरी सोही क्रममा ६ सयबढी कृषकहरुलाई विउविजन समेत वितरण गरिएको छ ।