बैतडीको पाटन नगरपालिका –८ मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ । वडा अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा बसेको वडा समितिको बैठकबाट निर्मला बिष्टको अध्यक्षतामा वडा स्तरीय युवा क्लब गठन गरिएको हो ।
आवश्यक छलफल र सबै पक्षको सहमतिको आधारमा युवा क्लब गठन गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए । वडा स्तरीय युवा क्लबको अध्यक्षमा निर्मला बिष्ट चयन भएकी छन् ।
उपाध्यक्षमा केपि भट्ट, सचिवमा बिरेन्द्र महरा, कोषाध्यक्ष पुजा महरालाई चयन गरिएको छ । सदस्यमा लिला बिष्ट, दिक्षा बिष्ट, मनिशा महरा, ओम प्रकाश महरा, बन्दना अवस्थी, लक्ष्मी मगर, धाना ऐर, मञ्जु मडै, लक्ष्मी महरा र ईश्वरी ऐरीलाई चयन गरिएको छ ।
सबै युवाहरुको भावना अनुसार छलफल र बहसको माध्यमबाट समस्याको समाधान गर्न आफु तत्पर रहेका वडा अध्यक्ष हरिश बिष्टले बताए । ‘युवा क्लबका पदाधिकारी, सदस्यहरु र वडाबासी युवाहरुको भावना अनुसार अघि बढ्ने छौँ, समस्याको समाधानका लागि सबैसँग हातेमालो रहीरहने छ,’ अध्यक्ष बिष्टले भने ।
युवा क्लब गठन गर्दा सबै टोलबाट युवाहरु समेटिएकाले युवा लक्षीत कार्यक्रममा पनि जोड दिने उनले बताए ।