बैतडी।
बैतडीको पुर्चौडी नगरपालिका–१ स्थीत त्रिवेणी नदी सङौरमा मोटरेवल पुल निर्माण ठेकेदारको लापरवाहीले अलपत्र परेको छ ।
३ बर्ष अघि पुलको २पिल्लर ठड्याइएकोमा त्यसपछी काम भएको छैन् । पिल्लरमा समेत कमसल निर्माण सामग्रीहरु प्रयोग गरिएको स्थानियबासीको गुनासो छ ।
पुल निर्माण कार्य अलपत्र हुदाँ नदीमा जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोछ । बर्षायाममा नदीमा सवारीसाधन सञ्चालन गर्न सकिदैन् । गत बर्ष १ जीपलाई नदिले बगाएको थियो ।
गत साउन महिनामा हर्क बोहराको जीप नदीले बगाएको थियो । उक्त जीपलाई प्रहरीको सहयोगमा नदिबाट निकालिएको थियो ।
पुल निर्माण कार्य अलपत्र रहेकाले सवारी साधन नै बगाउने स्थीती श्रृजना हुनु दुःखद पक्ष भएको पुरघाट प्रहरी चौकीका प्रहरी नायव निरिक्षक मोती बमको भनाई छ । ‘हामीहरुले बगेको जीप बल्लतल्ल निकाल्न सफल भयौँ । जीप एउटा भंगालोमा नरोकिएको भए यात्रुहरु जोगाउन मुस्कील थियो ।,’ उनले भने ।
पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जगदम्बा बिल्डर्शको लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको हो ।
स्थानिय अमर धानुक भन्नुहुन्छ,‘यी ठेकेदार हाम्रै नगर भित्रका व्यक्ति हुन्, तर काठ्माण्डौँ बस्छन्, ठुला ठेकेदार भएकाले कारवाही पनि हुदैँन्, यो मात्रै नभएर यस क्षेत्रका ६–७ ठेक्का उनकै छन् । भएभरका ठेक्काको जिम्मे लिने र अलपत्र छाड्ने गरेकाछन् ।’
यसै पुल संग सुरु गरिएका अन्य पुलहरुको निर्माण गरी गाडी समेत सञ्चालन भैसकेको स्थानिय किरण बोहराले बताए ।
त्रिवेणी नदीको वारी सम्म नियमीत रुपमा सडक सञ्चालनमा रहेको छ भने, पुलको पारीपट्टी ढोल्यामोड–हाट सडक पुगेको छ भने पारी पट्टी समेत १० किलोमिटर बढी सडक खनिएको छ ।
पुल निर्माणको काम अघि बढाउन पहल गरिरहेको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बमले बताए । ‘हामी जनप्रतिनिधी हुनु अगावै यो पुल निर्माण सुरु भएको हो, स्थानिय ठेकेदारले नै काम अलपत्र छाडेको छ, पटक–पटक भनेका छौँ, अझै निर्माण कार्य अघि बढाउन पहल गरिरहेका छौँ ।,’उनले भने ।
पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जगदम्बा विल्डर्शका सञ्चालक अमर बिष्टले स्थानिय २जनालाई निर्माणको जिम्मा दिएको सुनिएको छ । तर निर्माणको जिम्मा पाएको व्यक्तिहरु पनि सम्पर्कमा नरहेको स्थानियबासीकनो गुनासो छ ।
उक्त पुल निर्माण २०७८सालमा सुरु गरिएको पुर्व प्रदेश सांसद प्रेम प्रकाश भट्ट बताउछन् । उहाँले भन्नुभयो,‘समयमै काम सम्पन्न गरेर जनताले सुबिधा पाउलान भनेर बजेट हाल्न पहल गरेका हौँ । तर किन ढिलाई भएको हो, पुुर्वाधार विकास कार्यालयलाई थाहा होला ।’
उक्त पुल निर्माणको म्याद केहि समय अझैँ बाँकी रहेको पुर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । उक्त पुल निर्माणका लागि ७ करोडको ठेक्का आह्वान गरिएकोमा ४करोड बढी रकममा काम भैरहेको कार्यालयले जनाएको छ । पुल निर्माण गर्न स्टील सामग्रीहरु आवश्यक भएकाले ठेकेदारले उक्त सामग्री जुटाएर काम गर्ने आश्वासन दिएको पुर्वाधार कार्यालयको दावी छ । पुलमा कमशल सामान प्रयोग गरिएको बिषयमा भने स्टीमेट अनुसारकै सामग्री प्रयोग भएको कार्यालयको भनाई छ ।