बैतडी ।
बैतडी क्षेत्र न.(क)बाट निर्वाचित प्रदेशसभा सांसद सुरेन्द्र पालले जनप्रतिनिधिहरु राजनितिक पुर्वाग्रहबाट मुक्त हुनुपर्ने बताएकाछन् ।
सुक्रबार पाटन नगरपालिका–१० स्थीत सरस्वती मा.वि.को ६४औँ बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकास निर्माणका लागि स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभाका जनप्रतिनिधिहरु मिलेर जानुको विकल्प नभएको बताए ।
उनले बैतडी जिल्लाका संघ र प्रदेशका सबै सांसदहरु एकै ठाउँमा बसेर विकासको खाका कोर्ने अभियानमा आफु अग्रसर भएको दावी गरे ।
उनले भने, “हामी बैतडीको दुवै क्षेत्रबाट निर्वाचित र समानुपातिक सांसदहरु एकै ठाउँमा बसेर छलफल गरेका छौँ । आम नागरिक, जिल्ला स्थीत विषयगत कार्यालय र पालिकाहरुबाट आएका मागहरुका बिषयमा छलफल ग¥यौँ, त्यस बिषयमा संघीय सांसद संग समेत छलफल गरेको छु , अझै गहन रुपले छलफल गछौँ र प्रमुख समस्याहरुको सबैभन्दा पहिला समाधान गछौँ । पहिलो प्राथमिकतामा सडक विद्युत र खानेपानीको समस्या हल गरेर अन्य विकास निर्माण तर्फ लाग्नेछौँ ।”
सांसद पालले राजनितिक पहुँचका आधारमा नभएर आवश्यकताहरुका आधारमा आयोजना निर्माण गरिने बताए । कसैलाई उपभोक्ता समिति अध्यक्ष बनाउन नभएर प्रमुख आवश्यकताहरु पुरा गर्नका लागि एकैमन र एकताका साथ मागहरु लिएर आउन उनले जिल्लाबासीमा आग्रह गरे ।
उनले विगतमा अग्रिम पैषा बुझाएर योजना ल्याएको भन्ने व्यापक कुरा सुनिएकाले उक्त प्रवित्ति रोक्ने विश्वास दिलाए । ‘अब दलालबाट योजना ल्याउने प्रवित्तिको अन्त्य गर्नु जरुरी छ,’पालले भने ।
विकास निर्माणका आयोजनाहरु तय गर्नुपुर्व अनिवार्य रुपमा स्थानियतहका जनप्रतिनिधिहरु संग गहन छलफल गर्नु जरुरी रहेको उनको भनाई छ । दलालबाट आएका योजनाहरुको भुक्तानी सिफारिस लिन समेत समस्या हुने गरेकाले योजनामा दलाल प्रवित्तिको अन्त्य नगरेर विकास निर्माण नहुनेमा सांसद पालको जोड रहेको छ ।
सरस्वति माविमा घेर प्रर्खाल र खेलमैदानको अपरिहार्यता रहेको भन्दै विद्यालयले बजेटको माग गरेकोमा उक्त समस्या र अन्य भौतिक तथा शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि पहल गर्ने बताए । उनले आफु यस क्षेत्रको जनप्रतिनिधि भएकाले समस्याहरुको समाधान गर्ने आफ्नो जिम्मेवारी भएकाले जिम्मेवारी निभाउने प्रतिवद्धता व्यक्त गरे ।