बैतडीको पाटन नगरपालिका ९ स्थित जनप्रिय आधारभुत बिद्यालय काकस्याली ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पाटन ९ का वडा अध्यक्ष कालुसिंह भाट सभाध्यक्ष रहेका थिए ।
प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक शंकर भण्डारी रहनुभएको थियो । पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा पाटन नगरपालिका पाटन ८ का वडा अध्यक्ष हरिश बिष्ट, पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेय, पाटन १० का वडा अध्यक्ष धन बहादुर कुँवर, पाटन ३ का वडा अध्यक्ष करुणाकर भट्ट, पाटन ६ का वडा अध्यक्ष राजेन्द्र विष्ट बिशिष्ट अतिथि रहनु भएको थियो ।
बिद्यालयका प्रधानाध्यापक केशव राज भट्टले ३६ लाख ७२ हजार बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । साथै बिद्यालयमा पहिरोको उच्च जोखिम, घेरबार पूरा नभएको, जिर्ण रहेका भवन तथा शौचालयको मर्मत, खानेपानीको अभाव, पुस्तकालय तथा बिज्ञान प्रयोगशालाको ब्यवस्था र समयसमयमा प्र.अ तथा शिक्षकलाई तालीमको ब्यवस्था गर्न सके नमुना बिध्यालय बनाउन मद्दत पुग्ने पनि बताउनुभयो ।
यसैगरी ज्ञानेश्वर नमुना मा.विमा कार्यरत शिक्षक बल्देव केसीले जनचेतनामुलक नाटक प्रस्तुत गर्नुभएको थियो ।
अभिभावकले जति सक्रिय भएर लाग्यो उति नै सबै पक्ष जिम्मेवार हुने शिक्षा शाखा प्रमुख पाण्डेले बताए ।
पाटन १० का वडा अध्यक्ष कुँवरले शिक्षामा गुणात्मक विकासका लागि सबै पक्षले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।
सामाजिक बिकास समिति संयोजक बिष्टले शिक्षामा आमूल परिवर्तन गर्न सबैभन्दा बढी बजेट बिनियोजन गर्ने र शिक्षकलाइ तालीमको ब्यवस्था गर्न आवश्यक पहल गर्ने बताए । बिद्यालयमा पढ्ने विद्यार्थीहरु कुनै पार्टीको नभइ समग्र समुदाय तथा अभिभावकका भएको भन्दै बिध्यालयमा शिक्षकले राजनिती गर्न नहुने बताए । बिध्यालयलाई राजनीतिक थलो बनाउने शिक्षकलाइ कार्वाही गर्ने पनि बताए ।
प्रमुख अतिथी भण्डारीले आफ्नो तर्फबाट हुने सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सभाध्यक्ष भाटले बिध्यालयको सर्वाङगिण बिकासका लागि तयार रहेको बताए । कार्यक्रममा स्थानीय बाजागाजाको पनि प्रस्तुति पनि रहेको थियो ।