बैतडी ।
राष्ट्रिय भुमि आयोग बैतडीले भुमिहिनलाई जग्गा प्रदान गर्ने कार्य स्थानियतहको उदाशीनताका कारण प्रभावीत भएको छ । आयोगले सुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै पटक–पटक ताकेता गरेपनि स्थानियतहहरुले बेवास्ता गरिरहेको जनाएको छ ।
आयोगका सदस्य सचीव एंव जिल्ला नापी अधिकृत विवेक चन्दले जिल्लाका ५ स्थानियतहको मात्रै भुमिहिनको विवरण प्राप्त भएको बताउनुभयो । स्थानियतहले नै भुमिहिनका फर्महरु संकलन गरेर विवरण पठाउनु पर्नेमा ५ स्थानियतहले विवरण नपठाएको बताए ।
उनले भने,‘हामीले पटक पटक फोन, इमेल तथा पत्र पठाउदाँ समेत उनिहरुको ध्यानाकर्षण भएको छैन् । ५स्थानियतहको विवरण आएको छ तरपनि निकै न्यून मात्रामा विवरण आएको देखिन्छ यसै अनुसार निर्णय भएमा कयौँ भुमिहिन जग्गा प्राप्तीबाट बञ्चीत हुने सम्भावना छ ।’
जिल्लाको पञ्चेश्वर गाउँपालिका बाहेक अन्य स्थानियतहले अपेक्षीत काम गर्न नसकेको आयोगका अध्यक्ष धर्मसिंह ऐर(कपील)ले बताए । उनले भने,‘हामीले अहिले सम्म काम सम्पन्न गरिसक्ने आधारले काम गरेका थियौँ । तर स्थानियतह संग जोडीएको काम छ । त्यसैले पटक पटक विवरण संकलन गर्न ताकेता गरेपनी यर्थात विवरण आएको छैन् । ३५दिने सुचना २पटक मात्रै प्रकाशन गर्न मिल्छ, सुचना गरिएको छ, तर विवरण आएको छैन् । यसरी वात्वीक भुमिहिन तथा सुकुम्बासीहरु भुमि पाउनबाट बञ्चीत हुन्छन् भन्ने चिन्ताले पत्रकार सम्मेलन गर्न बाध्य भएका हौँ । यसपछी सबै स्थानियतहमा भेटघाट र छलफल गर्न जानेछौँ, त्यसपछि पनी वास्ता नगरेमा पुनः अरु प्रकृयामा जानेछौँ ।’ राष्ट्रिय भुमी आयोगले सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई जग्गा प्रदान गर्दै लालपुर्जा वितरण गर्न हतार गरिरहेकाले स्थानियतहहरुलाई सक्रियता बढाउन उनको आग्रह छ ।
बैतडीका १० स्थानियतह मध्ये ५ स्थानियतहको मात्रै विवरण प्राप्त भएको छ ।
आयोगका अनुसार पञ्चेश्वर गाउँपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकाको तथ्यांक संकलन कार्य सम्पन्न भएको छ ।
पञ्चेश्वर गाउँपालिकामा २४५ भूमीहिन दलित, ६ परिवार भूमीहिन सुकुम्बासी र ३९६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसैगरी सुर्नया गाउँपालिकामा ७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
यस्तै पाटन नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, ६४ परिवार भूमीहिन सुकुम्बासी र १५१ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमीहिन दलित, ७ परिवार भूमीहिन सुकुम्बासी र ३४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
अन्य पालिकाहरुले तथ्यांक संकलन गरेका भएपनि विवरण बुझाउन ढिलाई गरिरहेका राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालय बैतडीका प्रमुख चन्दले बताए ।