बैतडी।
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारका वितरणमुखी योजनाका रुपमा रहेका अनुदानका कार्यक्रम लाई ऋण कार्यक्रममा परिणत गर्ने बताएकाछन् ।
प्रदेश सरकार मातहतका कार्यालयबाट विनियोजन हुने अनुदान कार्यक्रममा कर्मचारीहरुले २० प्रतिशत घुस माग्ने गरेको भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिदैँ मुख्यमन्त्री शाहले उक्त कार्यक्रम रोक्ने तयारीमा रहेको बताए ।
उनले भने,‘कृषि र पशुपालनका लागि दिइने अनुदानमा कर्मचारीले २० प्रतिशत घुस माग्ने गरेको सुनिन्छ । त्यस्तो प्रमाण फेला परेमा तत्काल कारवाही त गछौँ, तर अनुदान कार्यक्रम प्रभावकारी नभएको समेत सुनिएकाले यसलाई सुन्य प्रतिशत ऋण कार्यक्रम राख्न सकिन्छ, हामी त्यसको लागि छलफल गरिरहेका छौँ ।’
मुख्यमन्त्री शाहले प्रदेश सरकार संग माग हुने योजनाहरु प्रकृयागत रुपमा ल्याउन आग्रह गरे । उनले नेताका खल्तीका योजना भन्ने कुराहरु सुनिएकाले उक्त प्रवृति अन्त्य गर्ने बताए । ‘अहिले विभिन्न आयोजना लाई नेताका वा जनप्रतिनिधीका खल्तीकाआयोजना भन्ने चलन छ, यो प्रवृति ठिक होइन् , व्यक्तिका योजनामा स्थानिय जनप्रतिनिधिको सिफारिस पाउन मुस्कील हुने, भ्रष्टाचार गरेको भन्दै बदनाम हुने स्थीती रहेको छ । त्यसैले स्थानियतहबाट प्रकृयागत ढंगले आएका आयोजना मात्रै हामी स्वीकृत गर्नेछौँ ।’उनले भने ।
जनप्रतिनिधिले हामी सही छौँ भन्ने सन्देश दिन नसकेको बताए । जनप्रतिनिधिहरुले प्रकृयागत ढंगले सही काम गरेको खण्डमा बदनाम हुनबाट बच्ने बताए । प्रदेशका आयोजनाहरुमा स्थानिय जनप्रतिनिधिको सिफारिस नपाउने बिषयमा सत्यतथ्य बुझ्न प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको समेत ध्यानाकर्षण गराए । मुख्यमन्त्री शाहले प्रदेश गौरवका सबै आयोजनाहरुमा बजेटको अभाव हुन नदिने दावी गरे ।