बैतडी।
बैतडीको लोक कला संस्कृति संग जोडिएको “दमाहा बाँजा” प्रमुख बाँजाका रुपमा रहेको छ । बिवाह, ब्रतबन्ध, न्वारन वा कुनैपनी धार्मीक सांस्कृतिक कृयाकलाप आयोजना हुदाँ दमाहा बाँजा अनिवार्य जस्तै छ । शुभकार्यमा दमाहा बजाउने र छलिया नाच्ने चलन छ । यसका साथै जात्रा, मेला, चाडपर्व, महोत्वसवहरु र चुनावी आमसभामा समेत दमाहा बाँजाको प्रयोग गरिन्छ । तर दमाहा बाँजाको संरक्षणमा कसैको ध्यान केन्द्रीत नहुँदा यो मौलिक संस्कति नै संकटमा पर्न लागेको छ ।
दमाहा बाँजा र छलिया नाँचको संरक्षणमा कुनैपनी निकायको चासो नगएकाले संकटमा परेको दशरथचन्द नगरपालिका–४ छेला निवासी प्रेम दमाईले बताए । आफुले विभिन्न प्रतियोगीताका लागि टोली तयार गरेर लैजाने गरेको उनले बताए । छलिया नाँच देखाउन आफुहरु पटक–पटक काठमाण्डौँ, पाल्पा देखी भारतको पिथौरागड, चम्पावत लगायत दर्जनौँ ठाउँमा पुगेको दमाइले बताए । आफुहरुले प्रतिस्प्रधा गरेको सबै ठाउँमा प्रथम भएर फर्केको उनको भनाई छ ।
उनले भने,‘हाम्रो छलिया नाँच नेपाल र भारतमा समेत प्रख्यात छ । तर अहिले कुनैपनी ठाउँमा निश्चीत छलिया टोली छैन् । जिल्ला सदरमुकाम क्षेत्रमा कसैलाई बाँजा वा छलिया चाहियो भने मलाई सम्पर्क गर्छन् र मैलै एकजना कतैबाट, अर्को कतैबाट गरेर मान्छे जुटाइदिन्छु । हामीलाई संगठनको आवस्यकता छ, यसका लागी स्थानिय सरकार वा कुनै संघ संस्थाले अगुवाई गरिदिए हुन्थ्यो ।’
छलिया नाँच र दमाहा बाजाँ प्रति नयाँ पुस्ता आर्कषीत भएपनी सिकाउने मान्छे नभएकाले समस्या भएको मेलौली नगरपालिका–५का जयदेव दयालले बताए ।
बैतडीमा छलिया नाँचका लागी सयौँ कलाकारहरु भएपनी उनिहरु छरिएर रहँदा समस्या भएको कलाकार प्रकाश दमाईले बताए । उनले भने,‘म नेपालका दर्जनौँ जिल्ला, राजधानी काठ्माण्डौँ र भारतका कार्यक्रमहरुमा समेत नाच्नका लागि गएको छु । कयौँ प्रतियोगीताहरुमा प्रथम भएको छु । तामाम प्रमाणपत्रहरु बटुलेको छु, व्याण्ड बाँजामा समेत काम गरेको छु । मजस्ता अरुपनी छलिया कलाकार छन् । मेला, महोत्सव, धार्मीक कार्यक्रममा नाच्न, गाउन र बजाउन बोलाउछन् तर पारीश्रमिक नदिएका कयौँ उदाहरण छन् । हामी संगठीत नभएकाले यो समस्या आएको हो । संगठीत हुनपाए राम्रो हुन्थ्यो, कुनै संघ संस्थाले संगठीत गराइदिए आभारी हुनेथियौँ ।’
अहिले छलिया कलाकारहरुसंग दमाहा र हुड्क्यौली बाँजाका साधनहरु नै भेटिन मुस्कील हुन थालेको छ । छलियाका पोसाक पाउनै मुस्कील हुन थालेको छ ।
स्थानिय बाँजा संरक्षणको पहल गर्न बैतडी स्थीत दलित समाज विकास मञ्च लागीपरेको छ । मञ्चले छलिया कलाकारहरुसंग अन्तरक्रिया राखेर छलफल कलाकारहरु बिच छलफल गराएको छ । छलफलमा छलिया कलाकारहरुले आफुहरुलाई संगठीत गराइदिए यस सस्कृतिको संरक्षणमा लाग्ने बताए ।
मञ्चले भने परियार समूदायका व्यक्तिहरुले बजाउदैँ, नाच्दै आएको छलिया नाँच प्रवर्धनका लागि कार्यक्रम ल्याउने प्रयास गरिरहेको जनाएको छ । छलिया पेषा संग जोडिएका व्यक्तिहरुलाई एकिकृत गर्दै संगठीत गराउने मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताइन् ।
बाँजा संरक्षणमा आफ्नो भुमिका रहने सुदुरपश्चिम प्रदेशसभा सांसद सन्तोश कुमारी शर्माले बताइन् । पुर्व मन्त्री समेत रहेकी शर्माले बाँजा संरक्षका लागि प्रदेश सरकारबाट हुनसक्ने सहयोगको पहल गर्ने बताइन् । प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना भैसकेकाले प्रतिष्ठान मार्फन हुनसक्ने सहयोगका लागि भुमिका खेल्ने बताइन् ।