बैतडी ।
बिज्ञापन व्यवसायी चन्द्रकान्त अवस्थी राष्ट्रीय विज्ञापन संघ नेपालको कार्यसमिति सदस्य चयन भएका छन् ।
शुक्रबार काठमाडौमा सम्पन्न संघको प्रारम्भीक साधारणसाभाले उनलाई कार्यसमिती सदस्यमा चयन गरेको हो । सुदुरपश्चिम प्रदेशबाट अवस्थीका र सुनिल आहुजी सदस्य चयन भएकाछन् ।
बैतडी बाट १० बर्ष अघि पत्रकारिता क्षेत्रमा आवद्ध भएका अवस्थी पछिल्लो समय बिज्ञापन व्यवसायमा सक्रिय छन् । उनि सिगास मिडिया एजेन्सीका सञ्चालक हुन् ।
अवस्थिले बैतडीबाट पत्रकारिता गर्दा स्थानीय बैतडेली भासालाइ प्राथमिकतामा राखेर प्रशारण÷प्रकाशन सामग्री उत्पादनमा जोड दिदैँ आएका थिए । उनी अहिले प्रदेश राजधानी धनगढीलाई प्रमुख कार्यथलो बनाएर बिज्ञापन व्यवसाय गर्दै आएका छन ।
राष्ट्रीय विज्ञापन संघ नेपालले विज्ञापन व्यवसायीहरुको हकहितका लागि काम गर्ने योजना तय गरेको छ ।
धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संघको निर्वाचिन अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवम आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल र सहकोषाध्यक्षमा रोजी पराजुली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी र सविन पोख्रेल निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र तथा गोपनीयताको शपथ निर्वाचन समितिका संयोजक अधिवक्ता प्रदीप सत्यालले खुवाएका थिए ।