बैतडी,
५ चैतमा हुने त्रि.वि. अन्तरगतका क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी बैतडीमा पनि भैरहेको छ ।
सु.प.का सहित गरेर जिल्लाका ७ ओटा क्याम्पसमा चुनावको तयारी सन्तोषजनक रुपले अघि बढीरहँदा शिक्षा क्याम्पस सिगास र बैतडी शिक्षा क्याम्पस साहिलेकमा भने विवाद देखिन्छ ।
बैतडी शिक्षा क्याम्पस साहिलेकमा नेपाल विद्यार्थी संघबाट चुनाव लडेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि नेवि संघ आन्दोलित भएको देखिन्छ ।
उम्मेदवारी फिर्ता लिनुुमा क्याम्पस प्रशासन र अन्य संगठनले प्रभावीत गरेको नेवि संघको आरोप छ । तर प्यानल सहित उम्मेदवारी दर्ता गराएको अनेरास्ववियुले चुनाव हार्ने डरले नेविसंघले आन्दोलनको नाटन गरेको आरोप लगाएको छ । अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य सन्तोश रानाले भने,‘नेवि संघ आफु हार्ने ठाउँमा यस्तै बखेडा गर्छ । यसअघि पुर्चौडीमा संयुक्त अखिल संगठनहरुले तालमेल गर्दा नेविसंघले तालाबन्दी ग¥यो, अहिले साहिलेकमा त्यस्तै गरेको छ । सिगासमा अवैध रुपले उम्मेदवारी दर्ता गराएकाले अहिले चुनाव नै स्थगीत भयो ।’
जिल्लाको सिगास–२ गाँजरी स्थीत शिक्षा क्याम्पसमा २७ फागुनमा नेवि संघले मात्रै उम्मेदवारी दर्ता गराएको बताइएको थियो । तर अन्य संगठनहरुले चुनावी प्रकृयामा विरोध जनाएपछि चुनावी प्रकृयानै स्थगीत भएको छ ।
गोठलापानि स्थीत जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, श्रीकोट बहुमुखी क्याम्पस, पुर्चौडी बहुमुखी क्याम्पस, नव प्रभात क्याम्पस पञ्चेश्वर, सेटिगाउँ बहुमुखी क्याम्पस, मणिलेक क्याम्पस मेलौलीमा चुनावी प्रकृया सन्तोशजनक रुपले अघि बढीरहेको छ ।
चुनावी प्रक्रियामा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारी, अखिल क्रान्तीकारी र केहि स्वतन्त्र विद्यार्थीहरु प्रतिस्प्रधामा छन् ।