बैतडी
बैतडीको दशरथचन्द नगरपालिकामा नगर स्तरीय कृकेट प्रतियोगीता सञ्चालन भैरहेको छ । सहिद दिवसको पूर्वसन्ध्यामा सञ्चालित महिला टि–२० क्रिकेट प्रतियोगिता वर्षाका कारण दुई दिन अबरुद्ध भएनी पुनः सुचारु भएको छ ।
वर्षा रोकिएपछि अबरूद्ध खेलहरू सुचारू भएको नगर खेलकूद विकास समिती अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
निङ्गलाशैनी खेल मैदान देहिमाण्डाँैमा माघ १५ गते फाइनल प्रतियोगीता गर्ने तयारी रहेपनी वर्षाका कारण दुई दिन धकेलिएको छ ।
नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५÷१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने छ ।
प्रतियोगिताको समापनका दिन दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीहरुलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने बताइएको छ ।
यस प्रतियोगितामा सहभागी खेलाडीहरुको हौसला बढाउन प्रति खेलाडी रु १सय ५० का दरले खाजा खर्च दिइनेछ । खेलाडीहरुलाई खाजाखर्च दिने व्यवस्था सुदुरपश्चिममै नौलो अभ्यास भएको खेलकुद विकास समिती अध्यक्ष चन्दको भनाई छ । यस्तै कृकेटका माध्यमबाट राष्ट्रलाई नै विश्वमा चिनाउने नगरभित्रका अन्तरराष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्नु अत्यन्तै हर्सको बिषय भएको उनको भनाई छ ।
विगतमा मेयर तथा उपमेयर कप प्रतियोगीता नाम दिइएपनी यसपाली देखी नगर स्तरीय प्रतियोगीता नामाकरण गरिएको हो ।
दशरथचन्द नगरपालिकामा यसबर्ष पुरुष तथा महिला भलिवल र क्रिकेट प्रतियोगीता आयोजना हुनेछ भने यसअघि व्याडम्यान्टीन प्रतियोगीता सम्पन्न भैसकेको छ ।
नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई सम्मान समेत गरेको थियो ।
नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको दशरथचन्द नगरपालिकाका मेयर पुस्करराज जोशी लख्खाभाईको भनाई छ ।