बैतडी,
बैतडीको पाटन नगरपालिका– ९ का वडा अध्यक्ष कालु सिंह भाट आफुले प्राप्त गर्दै आएको पारीश्रमिक समाजिक कार्यमा लगाउदै आएका छन् । पारीश्रमिकबाट वडाबासीको न्युनतम विद्युत महसुल तिर्दै आएका भाटले त्यसबाट बचेको रकम पनि समाजिक कार्यत्रमा खर्च गर्दै आएका छन् ।
वडा अध्यक्ष भाटले पदभार समालेकै दिन आफुले पाएको पारीश्रमिकबाट वडा बासीले प्रयोग गर्ने बिद्युत महसुल तिरिदिने घोषणा गरेका थिए । सोही अनुरुप भाटले न्युनतम महसुल तिर्दै आएका छन् । त्यति मात्रै होइन विद्युत महसुलबाट बचेको रकमले समाजिक कार्यमै लगाएका छन् । उनले सोही वडाको सरस्वती आधारभुत विद्यालय किचारमा सरस्वतीको मन्दिर निर्माण गरेका छन् । २ लाख ११ हजार ७७५ रुपैया लागतमा मन्दिर निर्माण गरेका हुन् । बिहिबार सरस्वती पूजाका अवसरमा मन्दिरको समुद्घाटन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती भाट बिजलेको सभाध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट रहेका थिए । बिशिष्ट अतिथिमा वडा नं ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका समाजिक विकास समिति संयोजक हरिश बिष्ट, जनपृय आधारभुत विद्यालयका प्रद्यानाध्यापक केशवदत्त भट्ट लगायत स्थानीय, विद्यार्थी तथा अविभावकहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष भाटले ब्यक्तिगत लगानीमा विद्यालयमा मन्दिर निर्माण गरेको सुखद अवसरमा विद्यालयका तर्फबाट प्रद्यानाध्यापक केशव बहादुर चन्दले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथि रहेका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले शैक्षिक विकासको लागि पाटन नगरपालिकाले सबैको सुझाव सल्लाह अनुसार अघि बढ्ेको अवगत गराए । यसैगरी वडा अध्यक्ष कालु सिंह भाटले गर्नु भएको मन्दिर निर्माणको कामको अध्यक्ष बिष्टले प्रसंसा गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले वडा अध्यक्ष भाटले गर्नुभएको समाजिक कामप्रती आभार व्यक्त गर्दै आउदा दिनहरुमा पनि समाजिक कार्यमा अग्रसर हुनेमा विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष कालु सिंह भाटले आफु पनि निम्नवर्गी पृष्ठभूमीबाट प्रतिनिधित्व गरेको हुनाले वडाबासीका दुःख सुखमा साथ दिन सधैँ अग्रसर रहने बताए । ‘म गरिब परिवारबाट आएको हु, सबै वडाबासीको भावना अनुसार अघि बढ्ने छु, समाजिक कार्य गर्न पाउदा मलाई गर्भ महसूस भएको छ,’ भाटले भने ।
२०४८ सालमा स्थापना भएको विद्यालयमा पहिलोपटक मन्दिर निर्माण हुदा अविभावक तथा स्थानीयहरु पनि खुसी भएका छन् । पहिलो पटक विद्यालयमा मन्दिर बनेको देख्न पाउदा खुसी महसुस भएको स्थानीय वुद्धिजिवि नर बहादुर भण्डारीले बताए ।