बैतडी,
बैतडेली गायक तिलक सिंह पेलाको ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमि नहुँदा यो दिल बिमार हुन्छ’ गीति गजल निकै चर्चामा रहेको छ । शास्त्रीय संगीतका मूूर्धन्य प्रतिभाका रुपमा रहेका पेलाले यसै हप्ता आफ्नो युटुव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
डाः प्रदीप मैनालीले लेखेको उक्त गजललाई रिदम कंडेलको संयोजन गरेका हुन् । उनको यो गजल यसहप्ता युटुव ट्रेंडीङ्गमा समेत रहेको छ ।
यस गजलका बिषयमा देशका लोकप्रिय साहित्यकार तथा कलाकारहरुले सामाजिक संजालमा विभिन्न टिप्पणी गरिरहेका छन् । श्रष्ठाहरुले गजललाई सामाजिक संजालमा सेयर गर्दै हालसम्मकै उत्कृष्ट प्रतिभा भनिरहेकाछन् । यसैगरी उनको गजलमा केहि शब्दहरु थपघट गर्दै रमाइलो टिप्पणी गर्नेहरुको समेत कमि छैन् ।
बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका गायक तथा संगीतकार पेलाले वि.स.२०५३ सालमा ‘आँशु’ नामक पहिलो गिति एल्बम बजारमा ल्याएका थिए । उनको आशुँ एल्बम सुदुरपश्चिमकै पहिलो आधुनिक गिति एल्बम समेत हो । २५ बर्ष अघि बजारमा आएका उनका केहि गीतहरु ‘लुकाउन खोज्दा पनि आशुँ नखसेको होइन्.........., कहानी बनेन केहि यस्तै भो मेरो जिन्दगी............’ लोकपृय छन् ।
गायक तथा संगीतकार पेलाले विगतमा बैतडीमा आयोजना हुने रंगमञ्चबाट गायन यात्रा सुरु गरेका थिए । उनि तल्कालिन समयमा रामलिला महोत्सवहरु, विभिन्न दिवसहरुमा गीत गाउँदै दर्शकहरुलाई मनोरञ्जन दिने गर्दथे ।
गायक पेलाले अहिले काठ्माण्डौँ स्थीत श्री कृष्ण गुरुकूल पाठशाला सञ्चालन गरि संगीत सिकाउने गरेका छन् ।
उनि सानै उमेर देखी गीत संगीतमा औधी रुचि राख्ने व्यक्ति रहेको कलाप्रेमीहरु बताउछन् । दशरथचन्द नगरपालिकाका सुचना अधिकारी राजेन्द्र बिष्टले भने,‘केहि बर्ष अगाडी जिल्लामा विभिन्न दिवसहरु धुमधाम संग मनाउने गरिन्थ्यो, ति सबै दिवसमा गायक पेलाको बिशेष प्रस्तुति रहन्थ्यो । उहाँ संगीतमा कहिल्यै थाक्नुभएन् । उहाँका क्यासेट एल्बमहरु बजारमा आउदाँ खोजीखोजी सुन्ने गरिन्थ्यो ।’
गायक पेला उमेरले ४० बर्ष कटेपनि अविवाहित हुन् । संगीतले आफुलाई आनन्दीत गराउने गरेको पेला बताउछन् ।