बैतडी
बैतडी प्रदेश सभा क्षेत्र न.क बाट निर्वाचीत प्रदेश सांसद सुरेन्द्र पालले चुुनाव जिते लगत्तै उनलाई नेकपा एमालेले मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरेको कुरा केहि राष्ट्रिय सञ्चार माध्यमहरुमा आएको थियो ।
उसैपनी प्रत्यक्ष चुनाव जित्नेमा पाल एमालेका वरिष्ट सांसदमा पर्छन् । तर वर्तमान सत्ता गठबन्धनले सुदुरपश्चिममा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा पारेपछि पाल मुख्यमन्त्री बन्ने सम्भावना घट्यो । तर उनले कुनै सक्तीशाली मन्त्रालय पाउने भने पक्कापक्की जस्तै छ ।
सांसद पालले सुक्रबार पद तथा गोपनियताको सफत लिए संगै बैतडीलाई स्र्माट डिजिटल बैतडी बनाउन पहल गर्ने बताएकाछन् । उनले सामाजीक संजाल मार्फत आफ्नो धारणा सांर्वजनिक गरेका हुन् ।
यसअघि सामाजिक संजाल तथा सञ्चार माध्यममा समेत कम सक्रिय रहने पाल पछिल्लो समय सक्रिय देखिन्छन् ।
उनले लेखेका छन्‘मैले व्यक्तिगत केहिपछि कमाउनु छैन् । बैतडीबासीका लागी काम गर्छु । आफ्नो निर्वाचन क्षेत्रलाई डिजिटल स्र्माट बनाउनेछु, विकास निर्माणमा उल्लेख्य उपलब्धी हुने हिसावले काम गर्नेछु । मेरो क्षेत्रको समस्या बुझेको छु । सबै कुरा मलाई जानकारी नहुनसक्छ तपाईहरु सिकाउनुहोला म काम गर्ने छु ।’
सांसद पालले बैतडी पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले पर्यटकीय जिल्ला बनाउन पहल गर्ने बताएकाछन् । शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा परिवर्तन देखिने गरेर काम गर्ने पालको भनाई छ । उनले आफ्नो क्षेत्रका मतदाताले नै आफुलाई उम्मेदवार बन्न जोड गरेपछि जनसेवाका लागी चुनाव लडेको बताएकाछन् ।
नेकपा एमाले बैतडीको पटक पटक नेतृत्व गरेका पाल अहिले समेत पार्टी जिल्ला अध्यक्ष हुन् ।