बैतडी,
बैतडीका स्थानीय तहहरुमा मतदान गर्ने मतदाताहरुको अन्तिम नामावाली प्रकाशन गरिएको छ । बैतडीमा जम्मा दतदाता सँख्या १४८६०६ रहेको छ । जसमध्ये महिला मतलाताको संख्या ७४,७२१ रहेको छ भने पुरुष मतदाताको संख्या ७३८८३ रहेको छ । त्यसैगरी अन्य समुहका दुई मतदाता रहेका छन् ।
निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार बैतडीको सुर्नया गाउँपालिकामा ११,३५९, सिगास गाउँपालिकामा १२,१०५, शिवनाथ गाउँपालिकामा ९,८८१, मेलौली नगरपालिकामा १३,५८७, पुर्चाैडी नगरपालिकामा २०, ९५७, पाटन नगरपालिकामा १९,८६४, पञ्चेश्वर गाउँपालिकामा ११, ११४, दोगडाकेदार गाउँपालिकामा १४,७५१, दशरथचन्द नगरपालिकामा २१, ७३२ र डिलाशैनी गाउँपालिकामा १३, २५६ मतदाता रहेका छन् ।
यसैगरी २०५ मतदान केन्द्र रहेका छन् । डिलाशैनी गाउँपालिकामा १७, दशरथचन्द नगरपालिकामा २९, दोगडाकेदार गाउँपालिकामा २०, पञ्चेश्वर गाउँपालिकामा १५, पाटन नगरपालिकामा २८, पुर्चाैडी नगरपालिकामा २९, मेलौली नगरपालिकामा २०, शिवनाथ गाउँपालिकामा १३, सिगास गाउँपालिकामा १९ र सुर्नया गाउँपालिकामा १५ गरी २०५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयाँलले बताए ।