कृष्ण बिष्ट
बैतडी,
नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा बैतडीले जिल्ला विपद प्रतिकार्य समुह निर्माण गरेको छ । विपदको बेला राहात तथा उद्दारमा खटाउन विपद प्रतिकार्य समुह निर्माण गरेको हो । जिल्लाको पाटनमा जारी ६ दिने तालिमबाट जिल्ला बिपद प्रतिकार्य समुह निर्माण भएको छ ।
यस समुहले जिल्लामा कुनै पनि बिपदको घटना घट्यो भने राहात बितरण तथा उद्धारमा खटाईने जिल्ला रेडक्रस सोसाईटीका पश्चिम विपद पुर्वतयारी परियोजना बैतडीका फिल्ड कोडिनेटर गोविन्द वल्लभ पन्तले जानकारी दिए । आगलागी, बाढीपहिरो तथा कुनै प्राकृतीक वा अप्राकृतीक घटनाबाट पिडित ब्याक्तीलाई अपतकालिन खाद्य तथा गैह्रखाद्य वस्तुहरु सहयोगका लागि उक्त टोली खटिने उनले बताए ।
शुक्रबार तालिमको पाँचौदिन विपद प्रतिकार्य समुहलाई सैद्धान्तीक ज्ञानपश्चात प्रयोगात्मक अभ्यास गराएको थियो । विपदका बेला खटिने स्वयमसेवकले कसरी उद्धार गर्ने, राहात बितरण कसरी गर्ने र विपदमा परेका पिडितलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयको प्रयोगात्मक अभ्यास गरिएको नेपाल रेडक्रस सोसाईटीका तालिम कोडीनेटर सेखर रेग्मीले जानकारी दिए ।
यस समुहले जिल्लामा कुनै बिपदको घटना घट्यो भने राहात बितरण तथा उद्धारमा खटिने छ । आगलागी, बाढीपहिरो तथा कुनै प्राकृतीक वा अप्राकृतीक घटनाबाट पिडित ब्याक्तीलाई अपतकालिन खाद्य तथा गैह्रखाद्य वस्तुहरु सहयोग गर्ने गएिको छ । समुहमा आबद्ध भएका स्वयमसेवकहरु पनि बिपदको बेला खटिन तयार भइसकेका छन् ।
बाढी पहिरो लगायतका बिपदका बेला साखा तथा उपसाखाबाट स्वयमसेवकको रुपमा युवाहरु उद्धार तथा रहातमा खटिने गरेका छन् । यसरी बेलाबेला हुने तालिम, प्रशिक्षण तथा प्रयोगात्मक अभ्यासले स्वयमसेवकहरुको मनोबल उच्च हुने गर्दछ भने विपदका बेला पिडितहरुलाई सहयोग पुग्ने गर्दछ ।