बैतडी
प्रधानमन्त्री एंव नेपाली कांग्रेशका सभापति सेर बहादुर देउवाले बैतडीको पाटनमा आयोजीत चुनावी बृहत आमसभाको सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले पश्चीम सेती जलविद्युत परियोजना निर्माणको प्रकृया अघि बढीसकेको र पञ्चेश्वर परियोजना निर्माणको प्रक्रिया थालनी गर्ने बताए ।
सेती र महाकाली नदिमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै उनले उक्त परियोजनाहरु बनाउन जरुरी रहेको बताए । पञ्चेस्वर बहुउदेश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउदेश्यीय परियोजनाको काम आगामी सरकारले सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विकास निर्माणका लागी आसन्न मंसिर ४मा हुने चुनावमा लोकतान्त्रीक बाम गठबन्धका उम्मेदवाहरुलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले आगामी सरकार बाम लोकतान्त्रीक गठबन्धनको बनेमा सुुदुरपश्चिमको विकासलाई प्राथमिकता दिने बताए । उनले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भिमदत्त पोलिटेक्नीक कलेजको स्तरोन्न्तीका लागी पहल गर्ने बताए । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन्, नेपाल–भारत सिमानदी झुुलाघाटमा पक्की पुुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताए ।
यसैगरि उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । उनले भने “अहिले नेपालमा लोकतान्त्रीक बाम गठबन्धन एकातिर र केपी ओलीको नेतृत्वमा प्रतिगमनको गठबन्धन अर्कोतिर छ । हाम्रो गठबन्धन संबिधानको रक्षा गर्न कम्तीमा १५ बर्षका लागी हो । त्यसैले हाम्रा उम्मेदवारहरुलाई विजयी गराइदिनुुस् । जब देशमा परिवर्तन आउने संकेत हुन्छ, माओवादी र कांग्रेस एक हुने गरेका छन् । १२ बुदेँ समझदारीका बेला तत्कालिन् कांग्रेश सभापति गीरीजा प्रसाद कोइराला र मैले एकअर्कालाई जयनेपाल र लालसलाम भनेका थियौँ । फेरी सोही शब्दहरुको प्रयोग गरिरहेका छौँ । कांग्रेस र माओवादी बीचको गठबन्धन नै सच्चा गठबन्धन बन्ने गरेका ले गठबन्धनका सम्पुुर्ण उम्मेदवारलाई जिताउन आग्रह गर्छु ।”
उनले बैतडीबाट गठबन्धनका उम्मेदवार हरुले विजयी भएमा संघका उम्मेदवारलाई मन्त्री समेत बनाउने प्रतिवद्धता व्यक्त गरे भने, प्रदेशसभाका उम्मेदवारहरु पनि मन्त्री बन्न लायक रहेको बताए ।
कार्यक्रम नेपाली कांग्रेश बैतडीका सभापति चतुर बहादुर चन्दको अध्यक्षतामा भएको थियो । बैतडीमा लोकतान्त्रीक बाम गठबन्धनबाट प्रतिनिधिसभा तर्फ माओवादीका नरेन्द्र कुवर विजय सुन्दर, प्रदेश क तर्फ कांग्रेशका बीर बहादुर बिष्ट र प्रदेश सभा ख तर्फ कांग्रेशका शिवराज भट्ट प्रतिस्प्रधामा रहेकाछन् ।