बैतडी
आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि बैतडीबाट प्रतिनिधिसभा सांसदका उम्मेदवार दामोदर भण्डारीले पदको दुरुपयोग गर्दै धनसम्पती नकमाएको बताएकाछन् ।
१०बर्ष सांसद तथा १पटक अर्थराज्यमन्त्री समेत बनेका भण्डारीले आफुले गतबर्ष कञ्चनपूरको कृष्णपुरमा २कट्टा मात्रै जमिन खरिद गरेको बताए ।
उनले भने,“मैले गतबर्ष कन्चनपुरको कृष्णपूरमा २ कट्टा जमिन करिब १८लाख रकममा खरिद गरेको छु । त्यसमा समेत केहि रकम ऋण तिर्नै बाँकी छ ।”
उम्मेदवार भण्डारीलाई अन्य दलका नेता कार्यकर्ताले काठ्माण्डौँमा घर खरिद गरेको आरोप लगाउदैँ आएका छन् ।
तर भण्डारीले आफ्नो परिवारका कोहीपनि व्यक्तिको नाममा घर जग्गा भए आरोप पुुष्टी गर्नेकै नाममा नामसारी गरिदिने बताए ।
उनले भने,“म जनताको प्रतिनिधि हुँ, मैले कसैबाट कमिशन मागेको पुुष्टी भएमा सार्वजनिक जिवनबाट नै बिदा लिन्छुु । विपक्षीहरुले आरोप लगाउन सक्छन्, तर त्यसमा सत्यता छैन् । म सांसद भएका बेला काठ्माण्डौँमा बस्नुपर्छ । त्यसका लागि कोठा भाडामा लिएर बस्ने गरेको छु । एकजना सांसदले पाउने सुविधा बाट काठ्माण्डौँमा घर घरेडी किन्न सम्भव नै छैन् । म बैतडीकै बासिन्दा हुँ पाटनमा मेरो घर छ । काठ्माण्डौँमा घर किन्नुपर्ने जरुरत छैन् र मेरो क्षमता समेत छैन् ।” मनग्ये धन सम्पती आर्जन गर्न राजनिति नभई व्यवसाय गर्नुपर्ने उनको भनाई छ ।
मंगलबार रेडियो सेभेनस्टारको कार्यक्रम चुनाव चर्चामा कुरा गर्दै उनले गलत प्रचार कसैले गर्न नहुने बताए ।
निवर्तमान सांसद भण्डारीले बैतडीका २ओटै प्रदेशसभा र प्रतिनिधिसभामा एमालेको जीत सुनिश्चीत भएको बताएकाछन् । उनले एमालेको सरकारले गरेका लोकपृय कामहरुका कारण एमालेको जीत सुनिश्चीत भएको दावी गरे ।
उनले भने,“अहिले सत्ता गठबन्धनलाई जनताले मन पराएको छैन् । गठबन्धनका दल भित्रका केहि नेताहरुलाई गठबन्धन नगरिनहुने भएपनि जिल्ला स्तरका कतिपय नेताहरुले विद्रोह गरेर बागी उम्मेदवार बनेकाछन् । गठबन्धन भित्रको बिद्रोहको फाइदा अवश्य पनि एमालेलाई र खासगरी नेपाली जनतालाई हुन्छ ।”