आङ्ग सिरिङ्ग अनि मन फुरुक्क आहा!
क्या दामी धवलागीरि देखेपछी मनै हुरुक्क ।
ए साहु हसिया देऊन धान काट्नलाई उनकी छोरीसंग जवानी साट्नलाई ॥
खेतालाले बोके धान अनि ल्याए खलोमा के गर्नु हजुर जलिरहे गॉउले बा सलोमा ।
मन धमिलियो अनि थाक्रोमा काग करायो ति साना टुहुराको सपना हरायो ॥
ए दैव, के गरिस यस्तो तैले " सोझो रुख पहिला कॉटिन्छ पहिले " भने सबैले ।
उता धवलागीरिमा हिउँ पग्लियो यता गाउँलेको बलिन्धारा आँशु सङ्लियो ॥
आयो दशै अनि तिहार पनि सबैलाई मनमा पिङ्ग अनि हातमा ऋण थोप्रियो गाँउलेलाई ।
केहि व्रत वसे, कोही चन्द्रमाकोओडार पसे खै किन हो सवैको मनमा गाउँले बा चन्द्रमुखी वनि वसे ॥
त्यो औसीको रातामा बत्ति बालेको कसैले नि बिर्सेका छैनन् उनले बोलेको |
चार्डपर्वको वेलामा बाको पसिना बसायो विडम्बना ति गाउँले अनि टुहुरो बाको खिसी उडायो संगै सवैलाई हँसायो ॥
- श्याम गैरे ताराखोला गा.पा.१ माझखर्क, वागलुङ्ग अनुसन्धान सहायक, डा. कोईराला रिसर्च इन्सटिटयूट फर वायोटेक्नोलोजी एण्ड वायोडाईभसिटी