बैतडीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशै तथा तिहारका बेला यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको हो । बैतडीको गोठलापानी, साहिलेक, देहिमाण्डौ, सत्बाज, गोकुलेश्वर, पाटन, खोडपे लगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रुहरुको भीडभाड बढ्ने भएकाले कुनै समस्यामा परेका बेला यात्रुहरुलाई सहयोग गर्नको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो । ‘चाडपर्वका बेला यात्रुहरुलाई झन्झट नहोस भनेर सहयोग पुर्याउन यात्रु सहायता कक्ष स्थापना गरेका हा’ैं उहाँले भन्नुभयो,‘समस्यामा परेका नागरिकलाई सहायता कक्षबाट आवश्यक सेवा दिनेछौं ।’
कुनै यात्रुलाई यात्रा गर्ने क्रममा समस्यामा परेको बेलामा उनिहरुको समस्या समाधानको लागि २४ सै घण्टा सेवाका लागि सुरक्षाकर्मी तयार रहने छन् । समस्यामा परेका बेला स्वयम यात्रुले यात्रु सहायता कक्षमा सम्पर्क गर्न सक्ने इलाका प्रहरी कार्यालय पाटन प्र्रमुख प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले बताउनुभयो । क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भन्दा बढी भाडा लिन नदिन र यात्रुहरुलाई सहजताका साथ गन्त्व्यमा पु¥याउनका लागि यात्रु सहायता कक्ष मार्फत काम हुने बताइएको छ ।
दशैँ तथा तिहार जस्ता ठुला चाँडहरु नजिकिएका छन् । यस्तो समयमा बजार क्षेत्रमा भीडभाड बड्ने गरेको छ । यस्तो समयमा चोरी डकैती, लुटपाट जस्ता अपराधिक घटना न्युनिकरणको लागि पनि यात्रु सहायता कक्षबाट सहयोगपुग्ने अपेक्षा गरिएको छ । छठ पर्व सम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । यात्राका क्रममा कुनै समस्या परेमा नजिकका सहायता कक्षमा सम्पर्क राख्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।