सुरेश महरा/कृष्ण बिष्ट
बैतडी, बैतडीको सुर्नया गाउँपालिका ७ मा रहेको केदार मावि कठमाडामा एकै शिक्षकका दुई दुई खेताला शिक्षक राखेको पाइएको छ । २०६९ सालमा नियुक्त गरिएकी सुर्नया ८ की शिक्षीका हिरा साउँदले २०७६ देखि खेताला शिक्षक राखेको पाइएको हो । भूतपुर्व प्रद्यानाध्यापक धन सिंह साउँदकी बुहारी समेत रहेकी हिराको ठाउँमा भूतपुर्व प्रअ साउँदले बुहारी हिराको ठाउँमा दुई पटक भतिजा र भतिजी बुहारीलाई खेताला शिक्षको रुपमा राखेर हिराको नाममा तलव बुझेको पाइएको हो ।
२०६९ मा नियुक्त भएकी हिरा २०७६ सालदेखि विद्यालयमा हाजिर भएकी छैनन् । २०७६ देखि हिराको ठाउँमा खेताला शिक्षकको रुपमा कृष्ण साउँदले काम गरे । त्यसपछि २०७८ कार्तिक देखि कृष्ण साउदले पनि छोडेपछि हिराकै खेताला शिक्षकको रुपमा लक्ष्मी साउँदले काम गरेको पाइएको छ ।
हिरा साउँद पुर्व प्रद्यानाध्यापक धन सिंह साउँदकी आफ्नै बुहारी हुन भने, उनको खेताला शिक्षकको रुपमा एकपछि अर्काे गर्दै नियुक्त गरिएका कृष्ण भतिजा हुन भने, लक्ष्मी भतीजी बुहारी हुन् ।
पुर्व प्रद्यानाध्यापक धन बहादुर साउँदले त्यतिबेला अध्यापन अनुमतीपत्र प्राप्त गरेको र पढाउन योज्ञ रहेका कारण बुहारी हिरा साउँदलाई नियुक्त गरिएको बताए । त्यसपछि उनको समय नहुने भएपछि खेताला शिक्षकको रुपमा भतिजा कृष्ण र भतीजी बुहारी लक्ष्मीलाई खेताला शिक्षकको रुपमा राखेको उनले बताए ।
हिरालाई निजि शिक्षकको रुपमा नियुक्त गरिएको थियो । त्यसपछि स्थानीय तहले निजि शिक्षकहरुलाई पालिका शिक्षक स्वयमसेवकको रुपमा नियुक्त गरी पारीश्रमीक भुक्तान गर्दै आएको थियो । २०७६ देखि विद्यालयमा उपस्थित नभएकी हिराको नामबाट तलव मागको लागि अझैपनि माग फारम गाउँपालिकाको शिक्षा साखामा पाठाउने गरिएको छ ।
यस विषयका एक वर्ष देखि प्रद्यानाध्यापकको जिम्मेवारीमा रहेका वर्तमान प्रद्यानाध्यापक उत्तर बहादुर कुवँरले हिरा साउँदले तलव बुझेको भरपाईमा दस्तखत मात्रै गर्ने गरेको बताए ।
यस बिषयमा गाउँपालिकाले पनि छानबिन गर्ने बताएको छ । यस महिनाको तलवका लागि पनि हिरा साउँदकै नामबाट तलवका लागि माग फारम गाउँपालिकामा आएको र यस बिषयमा गाउँपालिकाले पनि छानबिन गर्ने सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख टंक प्रशाद अवस्थीले बताए । त्यहाको विद्यालय ब्यवस्थापन समिति र प्रद्यानाध्यापकले प्रमाणिकरण गरेर मात्रै पालिकामा विवरण आउने भएकाले विव्यस र प्रअ नै जिम्मेवार हुने उनले बताए । खेताला शिक्षक राख्न नपाइने बताउदै शिक्षा साखा प्रमुखले खेताला शिक्षक राखेकै दिनदेखिको बुझेको रकमको असुलउपर गरिने पनि उनले बताए ।
यस बिषयमा शिक्षा विकास तथा समन्वय इकाईले पनि छाबिन गर्ने बताएको छ । यसैगरी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पनि मातहतका निकायमा बुझेर आगामी प्रक्रियामा जाने बताए ।
शिक्षीका हिरा साउँदको नियुक्ती रहाजिरी, खेताला शिक्षकको रुपमा रहेका कृष्ण साउँद र लक्ष्मी साउँदको हजिरी, त्यसैगरी हिरा साउँदकै नाममा अहिलेसम्म तलवका लागि पालिकामा माग फारम पठाएको विवरण सबै स्टार बुलेटिनसँग सुरक्षित छन् ।