बैतडी,
बैतडीको पाटनमा हुन गइरहेको पाटन प्रीमियर लिग सिजन दुई (पीपीएल२) आसोज ३ गते देखि हुने भएको छ । असोज १ गते देखि नै हुने भनिएको प्रतियोगिता वर्षाका कारण सरेको हो । बिहिबार एक बिज्ञप्ती जारी गर्दै अझै केहिदिन वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महासाखाले उल्लेख गरेको हुनाले असोज ३ गते देखि प्रतियोगिता हुने आयोजक एवं पाटन क्रिकेट क्लबका कोषाध्य किरन चन्दले बताए ।
प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने छन् । दुई समुहमा बिभाजन गरी लिग चरणमा खेलाइने छ ।
समुह ‘ए’ मा पाटन भ्याली क्रिकेट क्लव(पीभिसीसी), कुलगडे क्रिकेट क्लब, बाशुलिङ क्रिकेट क्लव, नवजागिर्ती क्रिकेट क्लव, पाटन स्टार युवा क्लव, धारीलो क्रिकेट क्लब, गढी क्रिकेट क्लब, भुमेश्वर युवा क्लब, बीडीपीआई क्रिकेट टोली, त्रिपुरा त्रिकेट क्लब, थालिगडा क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब रहेका छन् ।
त्यसैगरी समुह ‘बी’ मा पीसीसी पल्टन, नवदुर्गा क्रिकेट क्लब, जाडीकोट क्रिकेट क्लब, बाराकोट क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, भुमिराज क्रिकेट क्लब, शिवसक्ती क्रिकेट क्लब, खोडपे क्रिकेट क्लब, (केसीसी) रोयल किङ डडेल्धुरा, मेलौली क्रिकेट क्लब र शाहिलेक क्रिकेट क्लब रहेका छन् ।
खेल तालिक पनि सार्बजनिक गरिएको छ । पहिलो दिन उद्घाटन समारोह रहेकाले दिउसोको समयमा खेल हुने छभने दोश्रो दिन देखि बिहानै ७ बजेदखि प्रतियोगिताका खेलहरु खेलाइने कोषाध्यक्ष चन्दले स्पष्ट पारे ।
हेर्नुहोस खेल तालिका...
पाटन क्रिकेट क्लबको आयोजनामा पीपीएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगत सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दितिय पुरस्कार ५५ हजार ५ सय ५५ नगत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई दब्याट्सम्यान जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयासहित ट्रफी प्रदान गरिने छ ।